३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले एकै साइतमा टिका थापे


Ang

३० आश्विन २०७८, शनिबार  

0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा विजयदशीको दिन प्रधानमन्त्रि निवास बालुवाटारमा गुरु टिकाराम घिमिरेको हातबाट टीका ग्रहण गरेका छन् । बालुवाटारमा शुक्रबार विहान १० बजेर २ मिनेटको शुभसाइत पारेर प्रधानमन्त्री देउवाले टीका, जमरा र प्रसाद ग्रहण गरेका हु्न् । उक्त अवसरमा प्रधानमन्त्री देउवाले प्रथम महिला आरजु देउवा र छोरा जयवीर देउवालाई दशैको टीका लगादिएका थिए । कोभिड-१९ महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर प्रधानमन्त्री देउवाले सीमित रुपमा परिवार, आफन्तजन तथा प्रधानमन्त्रीको सचिवालय र सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई टीका लगाइदिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाए ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट टीका ग्रहण गरेकी छन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन् । त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गरेकी हुन् । उक्त अवसरमा राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई पनि टीका लगाइदिएकी थिइन् । यस पटकको महामारीको जोमिखलाई मध्यनजर गर्दै उनले पनि सर्वसाधरणलाई टीका लगाइदिइनन् ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  २ : ३४ बजे