४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

माओवादीको छ हजार बढी वडामा नयाँ नेतृत्व चयन



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले देशैभर वडा सम्मेलन सम्पन्न गरेको छ । वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन भएका छन् ।

वडा सम्मेलन उत्साहजनकरूपमा सम्पन्न भएको माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । सम्मेलन सम्पन्न भएका वडाको तथ्याङ्क सङ्कलन भइरहेको र त्यसको विवरण सार्वजनिक गरिने पनि उनले बताए ।

प्राविधिक कारणका कारण केही वडामा सम्मेलन हुन नसके पनि चाँडै ती वडाहरुमा नयाँ नेतृत्व चयन हुने उनले बताए । माओवादीले देशरभका छ हजार ७४३ वडामा सम्मेलन आयोजना गरेको थियो ।

पछिल्ला समय साङ्गठनिक सुदृढीकरणमा जुटेको माओवादीले यही मङ्सिर ११ गते पालिका सम्मेलन गर्ने तयारी गरेको छ । यस्तै, यही मङ्सिर २५ गते प्रदेश सम्मेलन हुनेछ । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  १ : ५१ बजे