नेपालको एक मात्र डलर अर्व पति विनोद चौधरी काँग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन

२०७८ मंसिर ६, सोमबार १६:५८

काठमाडौं । नेपालका एक मात्र डलर अर्वपति उद्योगी विनोद चौधरी नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।

नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट उनी महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । प्रतिनिधि सभा सदस्य चौधरी मधेसी कोटामा महाधिवेशन प्रतिनिधि चयन भएको कांग्रेसले जनाएको छ ।

आज सोमबार देशभर १४९ निर्वाचन क्षेत्रमा कांग्रेसको अधिवेशन हुँदैछ र ती सबैमा महाधिवेशन प्रतिनिधि छानिंदै छ ।

सम्बन्धित समाचार