जनताको नजरमा गिरेका नेताहरु

२०७८ मंसिर २९, बुधबार ०९:१६

सन्तलाल रीसाल

जनताको सेवामा समर्पित नहुने नेताहरु जहिले पनि जनतादेखि डराउछन् । राजनीति जनताको सेवा हो । तर नेपालमा राजनीति सबैभन्दा ठुलो कमाउने धन्दा बनेको छ । हिजो दुई छाक खान नपाउन, एकसरो लगाउन नपाउने नेता आज रातारात अर्बपति बनेका छन् । अवैध रुपबाट रातारात अर्बपति बनेको नेताहरु जनताको नजरमा गिरिसकेका छन् । उनीहरु जनतामाझ जान सक्दैनन् । सुरक्षाकर्मीको घेरामा बााधिएका छन् । सुरक्षाकर्मीको घेरा बाहिर जनतामाझ जाने आाट कुनै पनि नेताले गर्न नसक्ने अवस्था बनेको छ ।
हिजो राजाले पनि सचिवका मात्र कुरा सुने, सुरक्षाकर्मीको घेरातोडेर जनतामाझ जान सकेनन् । देश र जनताको पक्षमा धेरै काम गर्न सकेनन् । जसले गर्दा राजतन्त्रै ढल्यो, जनताले प्रतिवाद गरेनन् । राजाको शासन व्यवस्थाबाट पाठ नसिके आजका गणतन्त्रवादी भन्ने नेताहरुको हालत पनि हिजोका राजाको जस्तो हुन बेर लाग्ने छैन । राजालाई जनतासमक्ष जान सचिवहरुले दिएनन् । राजा र जनताको दूरी बढ्दा अन्ततः राजतन्त्र अन्त्य भयो । जनताबाट टाढिने राजा होस् वा नेता कसैको पनि भलो भएको छैन ।
आज नेपालमा कुनै पनि पार्टीका नेताहरु लोकपि्रय छैनन् । सबैले जनताको विश्वास गुमाएका छन् । जनताले सुरक्षा गर्छन् भन्ने विश्वास कसैलाई पनि छैन । जनताको कठघरमा उभिन पर्ला भनी सबै नेताहरु सुरक्षाकर्मीको सुरक्षा घेरा र भजनमण्डली कार्यकर्तामाझमात्र जाने र भाषण गर्ने गर्छन् । जनतासाग जाने र जनताको कुरा सुन्ने आाट कसैमा छैन । जनताले भ्रष्टाचारी, चोर र हत्यारा भन्दै छन्नेतालाई । तर नेता आफूलाई आफै साधु सम्झन्छन् ।

अहिलेको सत्ताधारी नेपाली काग्रेसको १४औ महाधिवेशनको उद्घाटन समारोहमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सही कुरा बोले । गाउामा नेता पुगे कुन चोर आयो भनी जनताले औाला ठड्याउन थाले भनी उनले अहिलेको नेताहरुको चरित्र चित्रण गरे । तर उनको सही कुरा माओवादीका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष ओलीलाई मन परेन । मन परोस् पनि कसरी ? १७ हजार मानिस मारेर, मुलुकको अर्वौ सम्पत्ति लुटेर आएका प्रचण्ड जनतामाझ जानै सक्दैनन् । उनलाई सबैभन्दा ठूलो सुरक्षाकर्मीको घेरामा राखिएको छ । लिङदेनको भनाइको उनले प्रतिवाद गरे उद्घाटन समारोहमै । दुई तिहाईको मात लागेपछि सरकार ढाली पार्टीलाई तीन टुक्रा पारे पनि अहंकार नछाडेका ओलीलाई पनि लिङदेनको भनाइ पचेन, तत्काल प्रतिक्रिया जनाए । उनले त लिदेनलाई हिाड्न नजानेको बाछो भनी व्यंग्यसमेत गरे ।

राप्रपामा महाधिवेशनमा हालै कमल थापालाई हराएर अध्यक्ष बनेका युवा नेता लिङदेनमा वास्तवमा जोश र जाागर छ । उनी सत्य पनि बोल्छन् । उनको सत्य बोलाइ अंहकारी कम्युनिस्ट नेतालाई मन परेन । ओली र प्रचण्ड नाम कमाउने होइन दाम कमाउने कम्युनिस्ट नेता हुन् । झापाकाण्डमा मान्छे मारेर जेल परेका ओली अहिले एमालेका राजा हुन् । एमालेमा उनले जो बोले पनि ताली बज्छ । आलोचन गर्ने माधव नेपाल, झलनाथ खनाललाई लखेटेपछि उनको एकछत्र राज छ एमालेमा । बामदेव गौतम पनि अलग भएपछि छ उनलाई झन् हाइसञ्चो भएको छ ।

जनयुद्धको नाममा १७ हजार नेपाली मारेका र अर्वौा लुटेका प्रचण्ड पनि माओवादीका राजा हुन् । माओवादीमा पनि उनको विरोध गर्ने कोही छैन । बाबुराम भट्टराईदेखि, मोहन बैद्य सबै पाखा लागेका छन् । अहिले एमालेका ओली र माओवादीका प्रचण्ड उन्मत्त छन् । पार्टीका उनीहरुले जे भन्यो त्यही हुन्छ । उनीहरु प्रधानमन्त्री बनिसके, पार्टी अध्यक्षमा एकलौटी छादै छ । देश र जनताको बारेमा उनीहरुलाई कुनै चिन्ता छैन । देशलाई समृद्ध बनाउने जनतालाई सुख दिने काम त उनीहरुले गर्दै गर्दैनन् । जहिले पनि मुलुकलाई गरिब बनाएर कम्युनिस्टको नाममा लुट्ने उनीहरुको अभियान हो । देश र जनतालाई हरिकंगाल बनाएर आफू धनी र नेता बनेका उनीहरुका पद र पैसा नै ठुलो छ । पदविना एक सेकेन्ड पनि बस्न सक्दैनन् ।
काग्रेस सभापति शेरबहादुर देउवा पटक पटक प्रधानन्त्री बने ।

अहिले पनि परामादेशबाट प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री बन्न उनलाई चिठ्ठा पर्छ । उनको इतिहास बदनाम छ । विगतमा प्रधानमन्त्री बन्दा चरम विकृति ल्याउने बाहेका केही गरेनन् । अहिले पनि उनले बदनाम हुनेबाहेक अरु केही गर्दैनन् तैपनि उनको राज चलेकै छ । काग्रेसको जारी महाधिवेशनबाट दोस्रो पटक सभापति जित्ने दाउमा छन् उनी । यस पटक भने सभापतिका लागि उनीसहित पााच जना चुनावी मैदानमा छन् । तैपनि चुनाव देउवाले नै जित्ने सम्भावना प्रबल छ । चुनाव जित्न सबै हतकण्डा प्रयोग गरेका छन् ।

यो मुलुकको दुर्भाग्य गणमन्त्र आउादा पनि कााग्रेस, एमाले, माआवादी, जसपालगायतका दलहरु कुनै पनि दल राजनीतिक दल बन्न सकेनन् । राजा फाले पछि सर्वेसर्वा भएका यी दलका नेताहरु आफैलाई राजा ठानेका छन् । राज्यको सुविधा सबै लिएका छन् । देश र जनताको हितका लागि केही पनि गरेका छैनन् । भागशान्ति जय नेपाल गर्दै मुलुक लुटेका छन् । देश झन झन् गरिब बन्दै छन् । रोजगारीका अवसर नपाएर ५० लाख भन्दा बढी नेपाली विदेशिएका छन् । महंगी, भ्रष्टाचारले सीमा नाघेको छ । गणतन्त्रका नाममा लुटतन्त्र हावी भएको छ । यस्तो दयनीय अवस्थामा मुलुक पुग्दा पनि कुनै पनि नेतालाई देश र जनताको बारेमा चिन्ता छैन । चिन्ता केबल आफ्नै बारेमा छ । पद र पैसालाई सर्वोपरि महत्व दिएका नेताहरुले मुलुक लुटेका छन्, चुसेका छन् । जतिसुकै भ्रष्टाचार गरे पनि उनीहरुमाथि अख्तियार लाग्दैन । अख्तियार उनीहरुसामु नतमस्तक छ । नेपालमा यस्तो दयनीय अवस्था कहिलेसम्म रहने हो, गम्भीर चिन्ताको विषय बनेको छ ।

आजका गणतन्त्रवादी नेताहरु मुलुक बिगारेको भन्दै राणा, राजा र पञ्चायतलाई वर्षौा सरापे । अहिले न राणा शासन, न राजाको शासन नत पञ्चायतको शासन नै छ । यो गणतन्त्रको शासन त सबैभन्दा राम्रो हुनुपर्ने हो तर नेपालको इतिहासमै अहिलेजस्तो बिग्रेको, भ्रष्ट र मनपरी शासन यसअघि थिएन । अहिलेको नेता चोरमात्र होइनन् महाचोर र फटाहा बनेका छन् । गणतन्त्रको सपना बााडेर मुलुकलाई विगार्नेबाहेक अरु केही गरेनन् । त्यसैले अब जनता चुप लागेर बस्नु हुादैन । देश बचाउन जनताले विकल्प दिनैपर्छ । अहिलेको नेताहरुलाई सत्ताच्युत र पदच्युुत नगर्ने हो भने भोलि मुलुककै अस्तित्व संकटमा पर्नेछ ।