नेवाः नखः न्यूयोर्कको चौंथो साधारण सभाले महेन्द्र बीर बज्राचार्यको अध्यक्ष तामा नया कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा डा. नरेश मान शाक्य, द्वितीय उपाध्यक्षमा श्रुति अमात्य, महासचिवमा तुलसी नारायण चित्रकार, सचिवमा संगीता मुखिया छोंचू, कोषाध्याक्षमा सलोनी वन्त श्रेष्ठ, सह-कोषाध्याक्षमा मेनी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा नम्रता प्रधान, दिपक कुमार प्रधान, महेन्द्र कुमार बज्राचार्य, संजन प्रधान, राधिका श्रेष्ठ, अभिषेक छोंचू र शोभना शाक्य निर्विरोध निर्वाचित भएका छन् । सस्थाको बिधान अनुसार निर्वतमान अध्यक्ष बिष्णुमान प्रधान चयन भएका छन् । नेपाल सम्बत ११४२ थिंलाथ्वः पुन्हि, यःमरि पुन्हिको दिन भएकेा उक्त साधारण सभामा नेवाः नखः न्यूयोर्कका महासचिव डा. नरेश मान शाक्यद्वारा जूमको माध्यमबाट संचालन गरिएको थियो ।
साधारण सभा नेवा नखःको अध्यक्ष बिष्णु मान प्रधानको सभापतित्व तथा नखःका संस्थापक अध्यक्ष बीरेन्द्र प्रधानको प्रमुख आतित्थ्यमा भएको थियो । कार्यक्रममा उपाध्यक्ष महेन्द्र बीरबज्राचार्यले स्वागत मन्तव्य दिएका थिए भने नखःका संस्थापक अध्यक्ष बीरेन्ऽ प्रधान, संस्थापक सचिव संजय शिलाकार र सल्लाहाकार राज कुमार श्रेष्ठले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा महासचिव डा. नरेश मान शाक्यले संस्थाको कार्य प्रगति विवरण तथा गतिबिधीहरू फोटो र भिडियो प्रस्तुत गरेका थिए भने अध्यक्ष बिष्णु मान प्रधान र सह-कोषाध्याक्ष सलोनी वन्त श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए । उक्त अवसरमा नखःका पूर्व सल्लाहकार अजय मान छोचूंको संम्झनामा एक मिनेट मौन धारणा गरिएको थियो भने उहाले संस्थालाई दिनु भएको अमुल्य योगदानको प्रशंसा गदै सबै सहभागीहरूले उहाको आत्माको चिर शान्तिको कामना व्यक्त गरेका थिए । नेवाः नखः न्यूयोर्क नेवाः परम्परा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि सन २०११ मा न्युयोर्कमा स्थापना गरिएको संस्था हो । यो संस्थाले समुदायको हितका लागि विभिन्न कार्यक्रमहरु गदै आएका छन ।