मेट्न खोजे पनि नमेटिने इतिहास- पृथ्वीजयन्ती

२०७८ पुष २३, शुक्रबार २१:४१

  • सन्त रिसाल, न्यूयोर्क, अमेरिका

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन र त्यस दिन पुस २७गते सार्वजनिक विदा दिन नेपाल सरकार माथि दवाव परेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पुस २७ लाई राष्ट्रिय पर्वका रुपमा मनाउन र सार्वजनिक विदा दिन माग गरेका छन् ।

आधुनिक नेपाल निर्माणका एक मात्र राष्ट्र नायक हुन् पृथ्वीनारायण शाह । यही महान इतिहासलाई मेटन खोज्दै छन् अहिलेका गणतन्त्रवादी सत्ताधारी तथा विपक्षी दल । यो जत्तिको सर्मनाक विषय यो देशकालागि अरु के नै हुन सक्छ र? साना साना टुक्रामा बिभाजित बाइसे र चौबिसे राज्यहरुलाई उनले नै एउटा एक सँगोल राष्ट्रको मालामा आबद्ध गराएका थिए ।

लेखक

पुस २७पृथ्वी जयन्ती यो दिनलाई २०६३ साल अघिसम्म राष्ट्रिय एकता दिवसका रुपमा सरकारले सार्वजनिक बिदा दिएर राष्ट्रिय चाडको रुपमा भब्यताका साथ मनाइन्थ्यो । तर जब गणतन्त्रका लागि२०६२/६३ सालमा दोस्रो जन आन्दोलन भयो तब यो दिनलाई राष्ट्रिय एकताको रूपमा मनाउन छोडियो ।

नेपाल सरकारले यो दिनमा सार्वजनिक बिदा दिन पनि मनाही गर्‍यो । हामीले स्वतन्त्र राष्ट्र नेपालको स्वतन्त्र नागरिक भन्ने जुन सौभाग्य पाएका छौं । यसमा शाहको एकदमै ठूलो र अतुलनीय योगदान रहेको छ।

पृथ्वी जयन्ती पृथ्वीनारायण शाहको लागि नभएर हामी नेपाली भएर बाँच्ने कि नबाँच्ने भन्ने कुरा प्रमुख हो।त्यसैले यदि नेपाली भएर बाँच्ने हो भने हामीले पृथ्वीजयन्ती सार्वजनिक बिदा सहित राष्ट्रिय चाडका रुपमामनाउन र राष्ट्रिय एकतादिवसका रुपमा मनाउनु पर्दछ।

राजा नरभुपाल शाह र रानी कौशल्यावतीको उत्तराधिकारी भएर १७८९ पुस २७ मा जन्मेका पृथ्वीनारायण शाह २० बर्षमा गोर्खाका राजा भएका थिए ।शाहले राजगद्दीमा बसे लगतै नेपाल एकीकरण अभियानको सुरुवात गरेका थिए ।

बिसं १८०१ असोज १५गते नुवाकोट माथि विजय हासिल गरेर उनले नेपाल एकीकरणको अभियान प्रारम्भ गरेका थिए । त्यसपछि कीर्तिपुर, कान्तिपुर ,पाटन, भक्तपुर, मकवानपुर हुँदै उहाले एकीकरण अभियानलाई पूर्वका चौदन्डी र बिजयपुर हुँदै टिष्टा सम्म पुर्याएका थिए।

अहिले पृथ्वीजयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउने कि नमनाउने? पृथ्वीनारायण शाहले राज् यएकीकरण गरेकी विस्तारवाद मात्र? उनका योगदानको कदर गर्ने कि नगर्ने वा गरे कसरी गर्ने ? भन्ने विषय पछिल्लो दिनमाबहसको विषय बनेको छ ।

गणतन्त्र स्थापनापछि २०६३ सालमा बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकतादिवस खारेज गर्दै मनाउन र सार्वजनिक बिदा दिन छोडेको थियो।त्यसपछि सुशील कोइराला नेतृत्वको सरकारले समेत पृथ्वीजयन्तीका अबसरमा सार्वजनिक बिदा दिने तयारी थालेको थियो। कोइराला स्वयंले पुस २७लाई सार्वजनिक बिदा दिएर एकता दिवस मनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए ।कोइरालाको प्रस्ताव तत्कालीन गृहमन्त्री बामदेव गौतमले समर्थन गरे पनि सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले बिरोध जनाएका थिए।

कुनै बेला पृथ्वीनारायण शाहदेखि पूर्वराजाहरुको शालिक ढाल्न लगाउने तत्कालीन माओवादी नेता डा.बाबुराम भट्टराई समेत पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरणमा उनले खेलेको भूमिकाको सम्मान गर्नुपर्ने बताउन थालेका छन् ।
शाहनेपाल राष्ट्रका एक समान्य रचनाकार मात्र नभएर उनी यो नेपालको कूटनीति ,राजनीति, प्रशासनिक क्षेत्र , परराष्ट्र, राष्ट्रियताका जग उनै हुन् ।

सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकतादिवसको मान्यता नदिए पनि विभिन्न व्यक्ति ,समूह र संगठनहरुले आफ्नै किसिमले पुस २७लाई एकता दिवसका रुपमा मनाइरहेका छन् । उनीहरुले यस दिनलाई राष्ट्रिय एकताको दिवसकै रुपमा स्थापना गरेर सार्वजनिकबिदा दिनुपर्ने माग गरिरहेका छ्न र माग जायज पनि हो।
नेपाल राष्ट्रको इतिहास छ त केबल त्यो पृथ्वीनारायण शाहको योगदान भित्र छ। मात्र ५२ बर्ष जीवन रह्यो तर शाहले यति छोटो समयावधिमा देशको प्राण रहेसम्म जीवित रहने कर्म गरेका छ्न।पृथ्वीनारायण शाह पछिल्लो समयको राजनीतिले नामेट गर्न खोजिरहेको छ तर उनलाई आम नागरिकले सधै स्वीकार गरिरहेका छन् । उनको पहिचान मेट्न खोज्ने राजनीतिक दलका नेताहरु अहिले उनकै पहिचानखोज्न विवश बनेका छन् ।

हाम्रा छिमेकीसँग कस्तो सम्बन्ध राखेर आफ्नो राष्ट्रलाई आत्मानिर्भर र स्वाधिन बनाउन सकिन्छ भन्ने अहिलेका राजनीतिज्ञ अझै अन्योलमा छ्न तर पृथ्वीनारायण शाहले उहिले नै स्पष्ट पर्दै भनेका थिए कि यो राज्यभनेको दुई ढुङ्गा बीचको तरुल हो ।

चीनका बादशाहसँग ठूलो घाहा राख्नु दक्षिण समुद्रको बादसाहसँग घात राख्नु तर त्यो महा चतुर छ । जाइ कटक नगर्नु झिकि कटक गर्नु भनेर उनले आफ्नो उपदेशमा उल्लेख गरेका छन् ।देशको समृद्धि ,ब्यापार र अनि देशको शासन चलाउनेलाई उनको अर्ति थियो, आफ्नो देशको जिनिस ,जडिबुटी देश लैजानु र नगद खैची राख्नु र प्रजा मोटा भया दरबार बलियो हुन्छ ,राजाका भण्डार भनेकै रैतानहरु हुन् ।

आजको विकासको मोडेल धेरैलाई मनपरिरहेको छैन । धानफल्ने खेतमा प्लटिङ्ग गरिन्छ र यस्ता धेरै अरु पनिउदाहरण छ्न,यस्तो अवस्था आउला भन्ने उनले पूर्वानुमान नै गरेका छ्न नत्रकिनभन्थे,खानी भयाका ठाउमा गाउँ भया भने पनि गाउँ अरु जग्गामा सारिकन पनि खानी चलाउनु ।गाह्रो बन्याको जग्गामा घर भयापनि अरु जग्गामा सारी कुलो काटि खेत बनाई आवाद गर्नु। पृथ्वीनारायण शाहले उहिले नै बुझेका थिए । मेरा साना दुखले आर्ज्याको मुलुक होइन सबै जातको साझा फूलबारी हो सबैलाई चेतना भया ,यो फूलबारी छोटा बडा चारै बणर् र छत्तीसै जातले यसलाई सम्भार गर्नु भनेका थिए ।

राज्य परिबेशमा कृषिमा क्रान्ति ,औधौगिक क्रान्ति ,आर्थिक क्रान्तिलगायतका अन् यजतिसुकै क्रान्तिका बिगुल फुके पनि यदि देशमा सुशासन र भ्रष्टाचार नियन्त्रण छैन भने देश कहिलै पनि आत्मनिर्भर र स्वाधिन बन्न सक्दैन त्यसैले आफ्नो उपदेशमा शाहले भनेका छ्न, अन्याय मुलुकमा हुन नदिनु,न्यायनिसाफ बिर्गान्या भनेका घुस दिन्या र घुस खान्या हुन्,यी दुइको त धन जित गरि लियाको पनि पाप हुदैन , यी राजाका महाशत्रु हुन।उनले न्यायालय कसरी चलउने भन्ने सन्दर्भमा आफ्नो उपदेशमा भनेका छ्न, अदालतमा पनि ढकुरी जाची डिष्ठा राख्नु मगर जाची बिस्परी थप्नु कचहरी पिछे यकयक पिण्डित राषिशास्त्र बमोजिम अदालत चलाउनु।

राष्ट्रनिर्माणको बिषयमा बहस गरिनु कदापि राम्रो होइन। बिस्मार्कले गरेको जर्मन एकीकरणको बिषयमा मार्क्र्सले बहस गरेन त्यससलाई सम्मान गरे । जारले गरेको रुस एकीकरण बिषयमा लेनिन र स्टालिनले बहस गरेनन् बरु दोस्रो विश्व युद्धमा स्टालिनले जारको शालिक देखाउँदै राष्ट्र रक्षाको आह्वान गरेका थिए।अमेरिका जर्ज वासिङ्टनले एकीकरण गरे ,वासिङ्टनको बिषयमा प्रश्न उठाउनेलाई दण्डित गरिन्छ तर यहाँ राष्ट्र निर्मातामाथि आक्रमण गरिन्छ र राष्ट्र निर्माताका शालिक ढालिन्छ ।

सम्बन्धित समाचार