एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण

२०७८ पुष ३०, शुक्रबार १५:१५

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । परीक्षण गराउँदा उनमा आइतबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

आफूलाई सङ्क्रमण भएपछि नेता पोखरेलले आफ्ना सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् ।

यसअघि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेताहरुलाई पनि संक्रमण देखिएको थियो ।

सम्बन्धित समाचार