एमाले अध्यक्ष ओलीलाई कोरोना पुष्टि

२०७८ माघ ९, आईतवार २१:५७

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कोराना सङ्क्रमण पुष्टि भएको छ ।

एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार लक्षण देखिएपछि गरिएको परीक्षणमा अध्यक्ष ओलीलाई सङ्क्रमण भएको र उहाँ हाल बालकोटस्थित निवासमा आइसोलेशनमा रहेका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनलगायत विषयमा आज अध्यक्ष ओलीले पत्रकार सम्मेलन आयोजना गर्नुभएकामा कार्यक्रम स्थगन भएको छ भने पार्टीको धारणा प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गरिने जनाइएको छ ।

सीता दाहालमा कोरोना पुष्टि
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालमा कोरोना सङ्क्रमण भएको छ ।

अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार दुई दिनअघि गरिएको पिसीआर परीक्षणमा उहाँमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । हाल उनी ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा सकारात्मक सुधार भइरहेको छ ।

लामो समयदेखि पार्किन्सस रोगका कारण पीडित उनी कोरोना सङ्क्रमणपछि विगत तीन दिनदेखि मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । उहाँलाई थप केही दिन अस्पतालमा नै राखेर उपचार गरिने बताइएको छ ।

सम्बन्धित समाचार