४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

प्रसिद्ध गायिका लता मंगेशकरको निधन



भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । उनी ‘स्वर कोकिला’ को उपनामले समेत चिनिन्थिन् ।

मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा आइतवार बिहान लताको निधन भएको प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ । कोरोना संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । केही दिनयता उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

उनले ३६ भाषामा ५० हजार भन्दा धेरै गीत गाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनले थुप्रै नेपाली गीत पनि गाएकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन् ।

लताको निधनको बलिउड र संगीत क्षेत्र शोकमा छ । हजारौंले सामाजिक सञ्जालमा लताको योगदानको स्मरण गर्दै शोक व्यक्त गरेका छन् । उनले भारतको प्रतिष्ठित भारत रत्न, दादा साहेब फाल्के लगायतका सम्मान तथा अवार्ड प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  १२ : २६ बजे