कमल थापाले राप्रपा छाडे

२०७८ माघ २५, मंगलवार १५:५०

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । मंगलबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।

यसअघि सोमबार उनले काठमाडौंमा आफु पक्षका नेताहरुलाई भेला गरेर पार्टी अध्यक्ष राजेन्द्र लिंगदेनले आफ्नो माग पुरा नगरेको भन्दै साथ दिन आग्रह गरेका थिए ।

“अत्यन्तै भारी मन तथा पीडावोधका साथ मैले राप्रपाबाट अलग हुने निर्णय गरेको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृतिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए तापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ” उनले पत्रकार सम्मेलनमा बितरण गरेको विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचार