झर्रोवादी साहित्यकार ताना शर्माको निधन

२०७८ फाल्गुन ३, मंगलवार १३:४९

काठमाडौँ । वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा मंगलबार निधन भएको छ । उनी ताना शर्माका नामबाट लोकप्रिय थिए ।

विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मेका उनले ‘झर्रोवादी आन्दोलन’का एक अगुवा हुनाका साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेखेका छन् । डा शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि विसं २०२६ मा मदन पुरस्कार र ‘सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार प्राप्त गरेका थिए । उनलाई नेपाल प्रज्ञाप्रतिष्ठानले आजीवन सदस्यतासमेत दिएको थियो ।

उनी पाठ्यपुस्तक लेखक पनि थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले दिवङ्गत शर्माको निधनबाट नेपाली वाङ्यमयको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् । शर्माको अन्त्येष्टि मंगलबारै मध्यान्ह १२ बजे पशुपति आर्यघाटमा गरिने जनाइएको छ ।

 

सम्बन्धित समाचार