के कुरा भयो प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली बीच ?

२०७८ फाल्गुन ६, शुक्रबार १२:५५

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार राती भएको भेटमा के कुरा भएको भन्ने सम्बन्धमा दुवै पक्ष अझै मौन बसेका छन् ।

पत्नी आरजु राणासहित ओली निवास पुगेका देउवाले त्यहाँ करिव डेढ घण्टा विताएका थिए । भेटका क्रममा संसद खुलाउने र अमेरिकी सहयोग सम्झोता एमसीसी पास गराउने विषयमा कुरा गरेको बताए पनि कुरा के भएको हो भन्ने सम्बन्धमा जानकारी दिइएको छैन ।

प्रधानमन्त्री देउवा सत्ता गठबन्धन दलको बैठकपछि एमाले अध्यक्ष ओलीलाई भेट्न भक्तपुरको बालकोटस्थित ओली निवासमै पुगेका थिए । प्रधानमन्त्री देउवा पत्नी आरजूसहित आज राति ८:५० बजे बालकोट पुगेका थिए ।

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच राजनीतिक अवस्थाका बारेमा कुराकानी भए पनि सञ्चारकर्मीलाई जानकारी गराउनुपर्ने गरी कुनै निष्कर्षमा नपुगेको अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले सञ्चारकर्मीहरुलाई बताएका छन् ।

 

सम्बन्धित समाचार