२४ कार्तिक २०८१, शनिबार | Sun Nov 10 2024

अन्तत् सत्ता गठबन्धन एमसिसी संसदमा टेबल गर्न सहमत



काठमाडौं । अन्तत् सत्ता गठबन्धनका दलहरु एमसिसी संसदमा टेबल गर्न सहमत भएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरुको बैठकले एमसिसी टेबल गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा एकसीसी पास गराउने पक्षमा रहेपनि सत्ता साझेदार दलहरु माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) विपक्षमा रहेकाले अन्योल थियो । सरकारमा पनि रहने र आफ्ना कार्यकर्तालाई एमसीसीको बिरुद्धमा सडकमा पनि उतार्ने कार्यले गर्दा सत्ता गठबन्धन नै धरापमा पर्ने भएपनि दुवै दल संसदमा टेवल गर्न तयार भएको हो ।
अबको केहीबेरमा कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्नेछ। उक्त बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ।

आइतवार बस्ने संसदमा एमसीसी टेबल गरिने छ । त्यसअघि बस्ने कार्य ब्यवस्था परामर्श समितिले त्यसलाई संसद बैठकको कार्यसूचिमा राख्ने छ ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र सञ्चार तथा सूचना प्रविधि एवं सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलगायत सहभागी थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ११ : ३८ बजे