आदिवासी जनजाति महासंघमा कांग्रेस–एमाले गठबन्धन विजयी, ग्याल्जे लामा शेर्पा अध्यक्ष (सूचीसहित)

२०७८ चैत्र ११, शुक्रबार ०८:११

काठमाडौं । नेपाल आदिवासी जनजाती महासंघको १०औं राष्टिय महाधिवेसनले गेल्जे लामा शेर्पाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । नवलपरासीको कावासोतीमा सम्पन्न महाधिवेशनले शेर्पाको नेतृत्वमा महासंघको नयाँ कार्यसमिति चयन गरेको हो । उनी शेर्पा संघका अध्यक्ष पनि हुन् ।

महासंघको वरिष्ठ उपाध्यक्ष बुद्द घर्ति भुजेल निर्विरोध भएका छन । त्यस्तै उपाध्यक्षहरुमा युवराज जिरेल, ध्यानी उराँव, क्षेत्रबहादुर थकाली, गम्भिर सिंह गुरुङ भोटे, लाक्पा शेर्पा (ढोक्प्या), लहरी जिमी र श्रुती कुमाल निर्वाचित भएका छन् ।

त्यसैगरी महासचिवमा दिवस राई चयन भएका छन । महाधिवेशनबाट उपमहासचिवमा रामकृष्ण लामा ब्लोन तामाङ चुनिएका छन ।

सम्बन्धित समाचार