एनआरएनको दुई अधिबेसनले ४ जना अध्यक्ष र २४ उपाध्याक्ष चयन

२०७८ चैत्र १५, मंगलवार ०३:३६


विदेशमा बस्ने नेपालीहरुको साझा सस्था भनिएको एनआरएनएको दुई फरक फरक १० औ महाधिबेसनले  दुई कार्यसमिति चयन गरेका छन । दुबै कार्यसमितिले ४ जना अध्यक्ष  २४  जना उपाध्याक्ष चयन गरेका छन । सस्थामा नेतृत्व चयनकै क्रममा अहिलेसम्मकै सबैभन्द धेरै अध्यक्ष र उपाध्याक्ष चयन गर्ने सस्थामा एनआरएनए आइसिसि बनेको छ ।

शेष घले समुहको अधिबेसनले विनोद कुवारको नेतृत्वमा कार्यसमिति बनाएको केही दिनपछि कुमार पन्त समुहको अधिबेसनले कुल आचार्य, बद्री केसी र रविना थापा ३ जनालाई अध्यक्ष चयन गरि अर्को कार्यसमिति चयन गरेको हो । विवादको वीच चयन गरेको यी दुबै कार्यसमितिले परराष्ट्र मन्त्रालयमा संसोधित विधान दर्ता गरेका थिए ।

घले समुहको ४ जना उपाध्याक्षहरुमा तर्क बहादुर सेन, सुरेन्द्र सिग्देल, उमेश कुमार पुढासैनि र बाबुराम लामा रहेका छन । त्यस्तै महासचिवमा जानकी गुरुङ र सचिवमा जुनु गुरुङ, कोषाध्याक्षमा दिलराम खरेल चयन गरेका छन । त्यस्तै अमेरिका क्षेत्रिय संयोजकमा कृष्ण पोखरेल, ओसियन क्षेत्रिय संयोजकमा केशव कढेल र युरोप क्षेत्रिय संयोजकमा उल्का प्रसाद घिमिरे चयन गरेका छन ।

पन्त समुहको ११ जना उपाध्यक्षमा भूषण घिमिरे, डीबी क्षत्री, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द श्रेष्ठ, हेमराज शर्मा, जयप्रकाश गुरुङ, महेश श्रेष्ठ, नारायण आचार्य, नरेन्द्र भाट र आरके शर्मा चयन गरेका छन । त्यस्तै दुई महिला उपाध्यक्षमा विष्णुमाया परियार र यस्मिन बेगम तथा युवा उपाध्याक्षहरुमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ रहेका छन । त्यस्तै महासचिवमा डा केशव पौडेल र गौरीराज जोशी र उपमहासचिवमा गणेश केसी, देवी बस्नेत, नारायण काफले , ओम गुरुङ, रामशरण सिंखडा र विनय अधिकारी छन । त्यस्तै १० जना सचिवमा चिरञ्जीवी घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रवीण गुरुङ, शंकर खड्का, अभिमानसिंह बस्नेत, गोविन्द गौतम, होम पाण्डे, प्रमोद सिटौला, र राजन त्रिपाठी चयन भएका छन । महिला दुई सचिवमा अलिनी पोखरेल र टीका गुरुङ चयन भएका छन ।

यसैगरी कोषाध्यक्षमा सुनिल शाह, लोक दाहाल र फणिन्द्रमणि पोखरेल सहकोषाध्यक्षमा दिपक शर्मा, होम गौतम, कृष्ण तिमिल्सिना, लाल केसी र मिलन छन्त्याल, नारायण सुवेदी, टंक गैरे र यज्ञ सुवेदी चयन भए । यस्तै महिला सहकोषाध्यक्षमा अमृता थापा, यमुना भट्टराई र योगिता थापा चयन भएका छन । सहकोषाध्यक्षमा ३, प्रवक्ता २, महिला संयोजक, युवा संयोजक र क्षेत्रीय संयोजक २/२ जना चुनिएका छन । क्षेत्रीय उपसंयोजक युरोप क्षेत्र ७ र अन्य क्षेत्रका ५ क्षेत्रीय महिला संयोजक २, क्षेत्रीय युवा संयोजक २ जना छन ।

सम्बन्धित समाचार