अमेरिकामा विशेष कार्यक्रमका साथ मनाइयो विश्व प्रेश स्वतन्त्रता दिवस

२०७९ बैशाख २७, मंगलवार ०३:२७

२९ औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा अमेरिकाको राजधानी वासिंगटन डिसीमा शुभकामना आदान-प्रदानका साथै “निर्वाचनमा प्रेस” का विषयमा अन्तरक्रिया गरियो । अमेरिकामा नेपाली संचारकर्मी समूहद्वारा आयोजित उक्त अन्तर्किया कार्यक्रममा नेपाली प्रजातन्त्र, प्रेस स्वतन्त्रता र मानवअधिकारको पक्षमा लामो अनुभव भएका बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले प्रेस समाज परिवर्तनको अभिन्न अंग भएको बताएका थिए ।

प्रेस अन्तिम सत्य नभएपनि पत्रकारहरूले पत्रकारिता गर्दा सत्यको नजिक पुग्ने निरन्तर प्रयास गर्नुपर्ने कुरामा जोड दिनुभयो । राजनीतिकबाट अलग हुन नसकेपनि राजनीतिक हस्तक्षेपका कारण प्रेस कमजोर रहेको अनुभव सुनाएका थिए । राजनीतिक अस्थिरताकै कारण नागरिकहरू देश छोडिरहेको वताउदै मूलुकबाहिर रहेकाको पहलमा मात्र देशमा केही सुधार गर्न सकिने धारणा राखेका थिए ।

पछिल्लो निर्वाचनमा भैरहेको दलिय गठबन्धन प्रजातन्त्र जोगाउनेभन्दा पनि व्यक्तिगत स्वार्थका लागी रहेको उनले टिप्पणी गरेका थिए । कार्यक्रममा बोल्दै नेपालीमूलका डेलिगेट ह्यारी भण्डारीले अमेरिका त्यसै अमेरिका नभएर जर्ज वासिंगटन र थोमस जेफर्सनको त्यागले बनेको उदाहरण दिदै नेपालको परिवर्तन र विकास राजनैतिक नेतृत्वको त्यागबाट मात्र सम्भव रहेको बताएका थिए ।  मूलुकको परिवर्तनका लागी प्रेसको ठूलो भूमिका भएको वताउदै प्रेसले गलतलाई ग़लत र सत्यको पक्षमा काम गर्न सक्नुपर्ने सुझाव दिएका थिए ।  नेपालको गरीबी घटाउन र प्रजातन्त्र जोगाउन प्रेसको महत्वपूर्ण भूमिका रहेको वताउदै शिक्षाको प्रभावकारी विकासमा जोडदिनुपर्ने बताएका थिए ।

पछिल्लोपटकको नेपालको भ्रमणमा त्यहॉका उच्च अधिकारीहरूलाई भेटेर मूलुकको परिवर्तन र विकासका लागी सकारात्मक सोच र योगदानको आवश्यकतामा जोड दिएको बताएका थिए ।  प्रेस स्वतंत्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा आयोजकपक्ष र डेलिगेट ह्यारीको तर्फबाट प्रजातन्त्र, प्रेस र मानव अधिकारको क्षेत्रमा खेलेको भूमिकाको कदर गरिदै बरिष्ठ पत्रकार दाहाललाई सम्मान गरिएको थियो । त्यसैगरि नेपालमा प्रेसमा लामो समय काम गरेका र पछिल्लो समय अमेरिकामा रहेर पनि पत्रकारिता र सोही विषयमा प्राध्यापन पेशामा रहेर गरेको योगदानको मूल्यांकन गर्दै पत्रकार डा प्रदिप भट्टराईलाई पनि सम्मान गरिएको थियो । सम्मानको क्रममा डा भट्टराईले प्रेसले सत्यलाई सत्य र गलतलाई गलत भन्नुपर्ने भएकोले कसैको प्यारो हुन नसक्ने बताएका थिए ।

उक्त अवसरमा मेरिल्याण्ड राज्यका सांसद डा हृयारि भण्डारीले प्रजातन्त्र स्थापना र समाजको विकासमा सञ्चारकर्मिहरुको भुमीको चर्चा गदै प्रेश स्वतन्त्र दिवसको शुभकामना ब्यक्त गरेका थिए । सासद भण्डारीले रेडियो नेपालको चर्चित र लोकपि्रय कार्यक्रम घटना र विचार कार्यक्रमका परिकल्पनाकार तथा हिमालयन टाइम्सका प्रधान सम्पादक पुरुषोतम दाहाललाई प्रजातन्त्र स्थापना तथा नेपालको पत्रकारिता क्षेत्रमा पुर्‍याएकेा योगदानको कदर गदै मेरिल्याड राज्यको तर्फबाट सम्मान गरेका थिए ।

त्यसैगरि फरेन प्रेसमा लामो अनुभव भएका बरिष्ठ पत्रकार पुरू घिमिरेले ह्वाईटहाउसमा रिपोर्टिंग गरेको अनुभव सुनाउदै नेपालबाहिर रहेका दुतावास, महावाणिज्य दुतावारहरूले गरिरहेको कामका विषयमा मिडियाले चासो दिन नसकेको बताएका थिए । भूटानी शरणार्थिको विषयमा समेत कलम चलाएका घिमिरेले कसलाई जिताउने र हराउने नाममा दलिय गठबन्धन भएकोले प्रजातन्त्र नै संकटमा परेको बताएका थिए ।  पत्रकार तरूण पौडेलले आयोजकको तर्फबाट सवैलाई स्वागत गर्दै सत्य कुरा लेख्ने र वोल्ने कुरामा प्रेस चुकेको बताएका थिए ।

मिडिया पछिल्लो पटक महंगो प्रविधीमा निर्भर रहनुपर्ने भएकाले आफु बॉच्न पनि राजनीति र साहारा लिनुपर्ने अवस्थाले प्रभावकारी वन्न नसकेको बताएका थिए । राईजिड नेपालदेखी वासिंगटन पोष्टमा समेत काम गरिसकेका नेजाका सस्थापक महासचिव एवं पुर्व कार्यवाहक अध्यक्ष पत्रकार कृष्ण शर्माले नेपालमा भैरहेको निर्वाचनमा प्रेसले प्रतिनिधित्व गर्न नसकेको र राजनीतिक भ्रष्टाचारमा प्रेस पनि फसेको बताएका थिए ।

कार्यक्रममा वोल्दै एनआरएन अमेरिकीका बरिष्ठ उपाध्यक्ष कृष्णजिवी पन्तले आफुले प्रतिनिधीत्व गर्ने संगठन पनि माथीदेखी तलसम्म राजनीतिको चंगुलमा फसेकोले शुद्धिकरणको आवश्यकता भएको बताएका थिए ।  शुद्धीकरणको अभियान आफु संलग्न रहेको समन्वय परिषदबाट शुरू गरिसकेकोले यसमा प्रेसले साथ दिनुपर्ने बताएका थिए । कुशल नेतृत्वको अभाव र साथ नहुँदा शुद्धीकरणको अभियान कठीन भएपनि निरन्तर लागिरहने र यसमा सवैको साथको अपेक्षा रहने विश्वास व्यक्त गरिएको थियो ।

एएनएका पूर्व अध्यक्ष मेदिनी अधिकारीले शिक्षामा आमूल परिवर्तन गर्नुपर्ने कुरामा जोड दिनुभयो । नेपालदेखी प्रवासमा पनि नेपाली पत्रकारितामा लामो अनुभव गर्नुका साथै उत्तर अमेरिकाका पत्रकारहरूको प्रतिनिधिमूलक संगठन नेपाल अमेरिका पत्रकार संघ, नेजाको का पुर्व अध्यक्षहरु आडछिरिड शेर्पा, गौतम दाहाल र भोला आचार्यले पछिल्लो समयमा नेपाली पत्रकारिताको उपस्थिति कमजोर वन्दै गैरहेकोमा चिन्ता व्यक्त गरिएको थियो । पेशागत क्षमता अभाव र पेशागत संघ संगठनमा कुशल नेतृत्व नहुदा यो अवस्था सृजना भएको उहॉहरूले आ-आफ्नो अनुभव सुनाएका थिए । पेशागत संगठन र नेतृत्वनै गैरपेशागत संघ संगठनको स्वार्थमा चल्नथालेपछी प्रेसजगतप्रति गरिने सम्मान घट्दोक्रममा रहेको उनीहरुको निष्कर्ष थियो ।

खास कारण पेशागत दक्षता र संगसंगठनमा नेतृत्वको अभाव नै रहेको उहॉहरूको भनाई रहेको थियो । त्यसैगरि नेपाल अमेरिका पत्रकार संघ, नेजाका क्षेत्रिय संयोजक लिला ओझाले प्रेस र सोसल मिडियाले भ्रामक सुचनाहरू भन्दा सत्यतथ्य जानकारी सूचनाहरू पाठक/दर्शकमाझ वॉड्नुपर्ने बताएकी थिइन । पाठक दर्शकले पनि मिडिया र सामाजिक संजालका सूचना जानकारीहरूलाई पनि चिनेर ग्रहण गर्न आग्रह गरेकी थिइन । कार्यक्रममा संचारकर्मी एवं कलाकार रामप्रसाद खनालको “माटोको माया” नामक कृति लोकार्पण गरिएको थियो । संचारकर्मी एवं कलाकार खनालले नेपालको राजनीतिको विकृति विसंगतिलाई लक्ष्ति गरि सृजना गरिएको कविता सुनाएका थिए । कार्यकममा अमेरिकामा सक्रिय संचारकर्मी एवं विभिन्न पेशा समुदायका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार