स्थानीय चुनावको मतगणना जारी: कांग्रेस पहिलो र एमाले दोस्रो स्थानमा

२०७९ जेष्ठ २, सोमबार १२:०१

स्थानीय निर्वाचनको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले पहिलो स्थान लिएको छ भने नेकपा एमाले दोस्रो स्थान रहेको छ । स्

कांग्रेसले सोमबार अपरान्ह १२ बजेसम्ममा ४५ नगरप्रमुख तथा पालिका अध्यक्षमा जीत हासिल गरेको छ भने ५० उपप्रमुख हात पारेको छ ।

त्यसैगरी एमालेले हालसम्म ४३ नगरप्रमुख तथा पालिका अध्यक्ष जितेको छ भने ३५ उपप्रमुख जितेको छ ।

अग्रतामा पनि काँग्रेस नै अघि देखिएको छ । हालसम्मको मत गणना अनुसार काँग्रेसले प्रमुख तथा अध्यक्षमा २६५ स्थानमा अग्रता लिएको छ भने उपप्रमुखमा २१२ स्थानमा अग्रता लिएको छ ।
त्यसैगरी एमालेले प्रमुख तथा अध्यक्षमा १४४ र उपप्रमुखमा १७५ स्थानमा अग्रता लिएर दोस्रो स्थानमा रहेको छ ।

माओवादी केन्द्रले भने प्रमुख तथा अध्यक्षमा २३ र उपप्रमुखमा १७ स्थान जितेर तेस्रो स्थानमा रहेको छ । त्यसैगरी अग्रतामा पनि क्रमश ९५ र ११५ ठाउँमा लिएर तेस्रो स्थानमा रहेको छ ।

सम्बन्धित समाचार