अमेरिकामा साङगे बने पहिलो शेर्पा वकिल

२०७९ जेष्ठ ७, शनिबार १८:३३

सानैदेखि पढाईमा लगनसील साङगे वाङचुक लामा शेर्पा अमेरिकामा वकिल बनेका छन । उनी अमेरिकन शेर्पा समुदायबाट वकिल बन्ने पहिलो हुन । वकिल हुन अघि उनी एकाउन्ट विषयमा ग्राज्युएट गरेका थिए । अमेरिकामा एकाउन्ट र ल दुबै विषयमा डिग्री लिने सांङगे संभवत पहिलो नेपाली हुन सक्छ । उनले बरुक कलेजबाट एकाउन्टमा ग्राज्युट र रजर विलियम युनिभर्सिटि रोड आइल्याण्डस्थित ल स्कुलबाट जर्ज डक्टरेट ( जिडि)मा मास्टर डिग्री गरेका थिए । न्युयोर्कमा १ सय ५० जना वकिलहरु मध्येमा साङगे ‘लिगल नेगोसियनमा कल अवार्ड ‘ अनररी सम्मान पाउने नेपाली अमेरिकन हुन । उनी आगामी अगष्टदेखिन न्युयोर्कको बु्रकलिनस्थित डिस्टि्रक एट्रोनिको कार्यालयमा सहायक महान्याधिबक्ताको रुपमा काम गर्ने भएको छ ।

बुबा आमाको साथमा साङगे

‘ लामो समयदेखिन गदै आएको मेहनेतकै कारण मेरो रोजाईको पेशा वकिल बन्ने मौका पाएकोमा खुसी लागेको छ ‘ साङगेले एभरेष्टटाइम्ससंग भने -‘ मैले ११ बर्षदेखिन देखेको सपनानै हो वकिल भन्ने अब एसियाली समुदायको राम्रो वकिल बन्ने योजना छ ‘ । उनले कानुन विषयको अध्ययन गर्दा न्युयोर्कमा एसियालीमुलका व्यक्तिहरुलाई आक्रमण गरेको र रेलतिर धकेलेको घटना सम्झेर पनि अब एसियाली समुदायको न्यायको लागी लडीदिने सोच बनाएको बताए । ‘ अन्यायमा परेको व्यक्तिलाइ न्याय दिलाउनु पर्छ भन्ने सानैदेखिनको सोच अनुसार अबको मेरो गन्तव्य हिजो र अब अन्यायमा परेकोलाई न्याय दिलाउनै पर्छ भन्नेमा हुनेछ ‘ । साङगेले बताए । उनले यो सफलता पाउनमा बुबा छेवाङ शेर्पा लामा र आमा आङ फुर्वा शेर्पाको योगदान रहेको बताउछन । ‘ बुबा आमाको साथ सहयोगले मलाई यहासम्म पुग्नमा मद्धत गरेको छ ‘ । उनले बताए ।

स्कुल पडदादेखिनै नै गिफट एण्ड टयालेन्ट भएर बु्रकलिन टेक्निकल हाइस्कुलबाट गणित विषय लिएर अध्ययन गरेका साङगे सन २०१५ मा बरुक कलेजबाट एकाउन्ट विषयमा ग्राज्युट गरेको वितिकै अल्टिस युएस कम्पनिमा ४ बर्ष एकाउन्टेन्टको काम गरेपछि वकिल बनेका हुन ।  ‘ मान्छेको जिन्दागी चलाउने भनेकै कानुन र राजनिति भएकोले छोराले कानुनी विषयको अध्ययन सकेर वकिल बन्न सफल भएकोमा मलाई औधी खुसी लागेको छ ‘ साङगेको बुबा छेवाङ शेर्पा लामाले भने-‘ अमेरिकामा अब छोराले वकिल पेशा मार्फत हाम्रो समुदायको नेतृत्व गर्छ भन्ने आशा जागेको छ ‘ । अमेरिकामा एसियन मुलका वकिलको तथ्याङक हेर्ने हो भने करिब २ प्रतिशत पनि छैन ।

सम्बन्धित समाचार