न्युयोर्कमा नेपाल चिनाउदै नेपाल डे परेड

२०७९ जेष्ठ १३, शुक्रबार ०३:३३


एभरेष्टटाइम्स
न्युयोर्क- सधै व्यस्त न्युयोर्कको म्यानहृटनस्थित म्याडिसन एभिन्युदेखिको सडक बन्द गरि यसवर्ष पनि रंगीएर पुरै नेपालमय बनेको थियो । न्युयोर्क र आसपासका राज्यहरुमा बस्ने नेपालीहरु हातमा मातृभुमी नेपालको र कर्मभुमी अमेरिकाको झण्डा बोकेर नाच्दै गाउदै नेपाल डे परेडमा सहाभागी भएका थिए । दुई वर्ष कोभिढले रोकेको नेपाल चिनाउने यो कार्यक्रम यस पटक एनआरएन न्युर्योक च्याप्टरले आयोजना गरेका थिए ।

 

नेपालको पुर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिण सबैतिरका मौलिक नेपाली पोशाकमा आ आफनै संघसस्थाको व्यानरमा उनीहरु सहाभागी थिए । कार्यक्रममा संयुक्त राष्ट्र संघका लागी नेपालका स्थायी प्रतिनिधि अमृत राई र न्युयोर्क सिटिको मेयर कार्यलयको प्रतिनिधि लगायत विभिन्न सस्थाका प्रतिनिधिहरुको सहाभागी थिए ।

 

न्युयोर्कमा बुद्ध जयान्ती, गणतन्त्र दिवस र एभरेष्ट डेको अवसर पारेर सन २०१६ देखि म्यानहृटनमा नेपाल डे परेड हुदै आएको थियो । म्याडिसन एभिन्युको 38 street बाट शुरु भएर 27 street मा टुङगिएको परेड अन्तिममा सभामा परिणत भएको थियो । सभामा मन्तव्यसंगै नेपालको मौलिक कला सस्कृति झल्कने विभिन्न समुदायको मौलिक नृत्यहरु प्रस्तुत गरेका थिए ।

 

सम्बन्धित समाचार