६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

न्युयोर्कको एलमष्ट अस्पताल सल्लाहकार बोर्ड अध्यक्षमा लुइसाङ मनोनित


Ang

२० जेष्ठ २०७९, शुक्रबार  

4
Shares

न्युयोर्कको क्विन्सस्थित एल्महष्ट अस्पतालको कम्युनिटि सल्लाहकार बोर्डको अध्यक्ष पदमा नेपाली समुदायको लुइसाङ वाइवा तामाङ मनोनित भएका छन । बोर्डमा १७ विभिन्न मुलुकका २० जना प्रतिनिधिहरु रहेका छन । विश्वमा सबैभन्द बढि विविधता भएको शहर न्युयोर्कको क्विन्समा रहेको एलमष्ट अस्पताल प्रवासी समुदायलाई सवैभन्द बढि सेवा दिदै आइरहेको सरकारी अस्पताल हो ।

बोर्डमा अध्यक्ष हुनेमा लुइसाङ दक्षिण एसियाली समुदायबाट पहिलो हुन । उनी एक कार्यकाल बोर्डको सदस्य, दोश्रो कार्यकाल उपसमितिको अध्यक्ष र तेस्रो कार्यकाल अध्यक्ष पदमा मनोनित भएका हुन । लुइसाङ आदीवासी जनजाती महासंघ अमेरिका फिप्नाका पुर्व अध्यक्ष हुन । फिप्नाको नेतृत्वमा हुदा लुइसाङले न्युयोर्कमा नेपाल डे परेडको शुरुवात गर्नुको साथै आदीवासी जनजाती चलचित्र महोत्सव गरेका थिए । उनी तामाङ समाज अमेरिकाका संरक्षक समेत हुन ।

 

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ८ : २९ बजे