भर्जिनियामा कुन्ती मोक्तान सुमधुर साँझ हुने

२०७९ जेष्ठ २२, आईतवार २३:४६

‘ गोठालो जाँदा लाएको माया खेतालो जाँदा भुलेछ , लाली गुरास अजम्बरी , चोली राम्रो पाल्पाली ढाकाको’ जस्ता अजम्बरी गीतकी गायिका कुन्ती मोक्तानको भर्जिनियामा विशेष सांगितिक कार्यक्रम हुने भएको छ । आगामी जुन ११ तारिख शनिबार बेलुका ६ बजेदेखि सुरु हुने कुन्ती मोक्तान सुमधुर साझको तयारि पुरा भएको आयोजकले जनाएको छ ।

आयोजक रुसाज ईन्टरप्राईजेजका अध्यक्ष सरोज केसीका अनुसार कार्यक्रममा पछिल्लो पुस्ताका भाईबहिनीहरुले पनि नेपाली संगितलाई सुन्ने मौका पाउन् भन्ने उदेश्यले २० बर्ष भन्दा मुनिका दर्शकहरुलाई निसुल्क प्रबेश दिएको छ । नेपालको टेलिभिजनमा टक सो सुरुवात गर्ने सरोज केसी र रुसा केसीले कार्यक्रम उद्घोषण गर्नेछन् ।

कार्यक्रममा बरिष्ठ संगितकार शिलाबहादुर मोक्तानको पनि उपस्थिति रहने भएको छ । भर्जिनिया डीसी र मेरिल्याण्डमा बस्नुहुने संपूर्ण नेपाली सङ्गीत प्रेमी महानुभावहरूलाई नेपाली संगीतकी धरोहर कुन्ती मोक्तानलाई हौषला दिनुहुन अनुरोध गरिएको जनाएको छ ।

मिति : June 11 2022 Saturday

स्थान : Hotel: Best Western 10820 Balls Ford Road,Manassas,VA 20189

समय : 6 बजे बेलुकी थप जानकारी को लागी सम्पर्क: कार्यक्रम संयोजक सरोज के सी, 917-445-5082

सम्बन्धित समाचार