२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025

इन्धनको भाउ बढेको बढ्यै, पेट्रोल प्रतिलिटर १९९, डिजेल १९२ रुपैयाँ



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । निगम सञ्चालक समितिको बैठकले आइतवार रातीदेखि लागु हुने गरी डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।

यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ र डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।

खाना पकाउने ग्याँसको मूल्य भने यसपटक नबढाइएको नेपाल आयल निगमले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १२ : ४८ बजे