न्युयोर्कमा रक्तदान

२०७९ असार ७, मंगलवार १८:१२

न्युयोर्क । दर्शन ठकुरी समाज न्युयोर्क र स्याङ्जा समाज अमेरिकाले न्युयोर्क ब्लड सेन्टरसित सहकार्य गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जीवनदान नारासहित गरिएको सो कार्यक्रममा ६० जनाले रक्तदान गरेका थिए । १ सय जनाभन्दा बढीले रक्तदान गर्न चाहे पनि ६० जनाले मात्र रक्तदान गर्न मिलेको थियो । यस्तो पुण्य कार्य अब प्रत्येक वर्ष दुई संस्था मिली गरिने स्याङ्जा समाज अमेरिकाका बरिष्ठ उपाध्यक्ष दिनेश भण्डारीले बताए ।

न्युयोर्क ब्लड सेन्टरले डाक्टर लगायत स्वयंसेवक र रक्त संकलन सामग्री उपलब्ध गराएको साथै अन्य सामग्री, कार्यक्रम स्थानलगायतको सबै व्यवस्था दर्शन ठकुरी समाज न्युयोर्क र स्याङ्जा समाज अमेरिकाले गरेको जानकारी स्याङ्जा समाज अमेरिकाका संस्थापक निवर्तमान अध्यक्ष बीरेन्द्रजंग केसीले दिए ।

त्यस अवसरमा रक्तदान गर्ने ६० जना दातालाई दर्शन ठकुरी समाज न्युयोर्कका अध्यक्ष मिलन शाही, स्याङ्जा समाज अमेरिकाका अध्यक्ष भिमलाहमाल श्रेष्ठ र समाजका संस्थापक बरिष्ठ नेता श्यामकाजी गुरुङले संयुक्त रुपमा पं्रशसापत्र प्रदान गरेका थिए ।
सत्यनारायण मन्दिरको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा न्युयोर्क ब्लड सेन्टरव्दारा सहभागी सबैलाई धन्यवाद दिँदै यस्ता कार्यक्रम पुनः गर्न जोड दिइएको थियो ।

सम्बन्धित समाचार