१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दर्ता भयो रविको राष्ट्रिय स्वतन्त्र पार्टी



निर्वाचन आयोगले रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको छ । आयोगले शुक्रबार पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको छ।

पार्टी दर्ता भएपछि निर्वाचन आयोग परिसरमा बोल्दै लामिछानेले पार्टीको चुनाव चिन्ह गोलाकारभित्रको घन्टी भएको जानकारी दिए । पार्टीको नाममा स्वतन्त्र नहुने भन्दै लामिछानेले प्रस्ताव गरेको नाम स्वीकारेर पार्टी दर्ता गर्न नहुने भन्दै आयोगमा उजुरी परेको थियो ।

यसअघि आयोगमा दर्ता भएका कुनै पनि दलको नामसँग लामिछानेको पार्टीको नाम नमिलेकाले आयोगले उक्त नाम स्वीकारेको आयोगका उपन्यायाधीवक्ता गुरू वाग्लेले जानकारी दिए ।

चुनाव चिन्ह घन्टी भएको पार्टी यसअघि आयोगमा दर्ता भए पनि अहिले उक्त पार्टी अर्कैसँग मर्ज भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गोलाकारभित्रको घन्टी चुनाव चिन्ह दिइएको वाग्लेले बताए ।

टेलिभिजन प्रस्तोता लामिछानेले केही दिनअघि नयाँ पार्टी खोल्ने घोषणा गर्दै दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ६ : १३ बजे