अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन

२०७९ असार २२, बुधबार १६:१०

अर्थमन्त्री जर्नादन शर्मा बजेटमा गरेको झालझेलबारे छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन भएको छ ।

बुधबारको प्रतिनिधि सभा बैठकले समिति गठन गरेको हो । बैठकमा सभामुख अग्नि सापकोटाले संसदीय छानबिन विशेष समिति गठन गर्न प्रस्ताव गरेका थिए । समितिमा एमालेबाट ४, कांग्रेस र माओवादीबाट २, २ तथा जसपा, लोसपा र एकिकृत समाजवादीबाट १, १ जनाको सहभागिता रहेको छ ।

समितिमा संसदहरु खगराज अधिकारी, देव गुरुङ , पुष्पा भुषाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो, सुरेन्द्रप्रसाद यादव रहेका छन् । समितिले १० दिनमा प्रतिवेदन बुझाउनुपर्ने हुन्छ ।

नेकपा एमालेले अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएकाले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो ।

सम्बन्धित समाचार