बेलायती प्रधानमन्त्री जोनसनद्वारा राजीनामा

२०७९ असार २३, बिहीबार २०:१६

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेता तथा प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्। बिहीबार देशका नाममा सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन्।

आफ्नो सम्बोधनको शुरुवातमा जोनसनले नयाँ नेता चुनिने प्रक्रिया अब सुरु हुने बताए। यसको प्रक्रिया आगामी साता सुरु हुनेछ ।

जोनसनले राजीनामा दिँदै नयाँ नेता नआउन्जेल आफू पदमै रहिरहने पनि बताएका छन् ।

‘हामीले बेलायतको हर क्षेत्रको क्षमता उजागर र प्रोत्साहित गर्नु जरुरी छ’, उनले भने, ‘यदि बेलायत यस्तो गर्न सक्षम भएमा पूरै यूरोपमा सबैभन्दा समृद्ध देश हुनेछ।’

श्रृंखलाबद्ध विवाद र आफ्नै दलको तर्फबाट मन्त्रीपरिषद्मा रहेका सदस्यहरूद्वारा राजीनामा दिएपछि जोनसनले दलको नेता र प्रधानमन्त्रीको पदबाट राजीनामाको घोषणा गरे।

सम्बन्धित समाचार