गोली प्रहारबाट घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

२०७९ असार २४, शुक्रबार १५:५०

कार्यक्रममा सम्बोधन गर्दै गरेका बेला गोली प्रहार गरिएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ ।

गोली प्रहार पछि गम्भिर अबस्थामा उपचारका क्रममा उनको मृत्यु भएको हो । जापानी सञ्चार संस्था एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उदृत गर्दै उनको निधनको समाचार दिएको हो ।

यसअघि जापानी प्रधानमन्त्री फोमियो किसिदाले गम्भिर हालतमा रहेका आबेलाई बचाउने अरसंभव प्रयास भइरहेको उल्लेख गरेका थिए ।

नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि शुक्रबार बिहान गोली प्रहार भएको थियो । उनलाई पछाडीबाट हानेको गोली छातीमा लागेको थियो । तत्काल एम्बुलेन्समा हालेर लगिएकोको थियो । नारामा पुनः हुन गइरहेको निर्वाचनका लागि प्रचारप्रसारका क्रममा भाषण गरिरहेका थिए । एनएचकेले दिएको जानकारी अनुसार अस्पताल पुर्‍याउँदासम्म बोलिरहेका उनी त्यसपछि गम्भीर हुँदै गएका थिए ।

आबेलाई गोली हान्ने ४२ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । आबे ६७ वर्षका थिए । उनले सन् २००६ देखि २००७ र सन् २०१२ देखि २०२० सम्ममा दुई पटक प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए ।