न्युयोर्कमा रक्तदान कार्यक्रम सम्पन्न

२०७९ श्रावण १५, आईतवार ११:४२

प्रवासी नेपाली एकता मञ्च न्यूयोर्क च्याप्टर र द गुरुङ (तमु ) सोसाइटी अमेरिकाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन भएको छ ।

न्युयोर्कको ज्याक्सन हाइटसस्थित सत्य नारायण मन्दिरमा गएको शनिवार सम्पन्न रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको थियो । रक्तदानबाट अन्य व्यक्तिको जीवन बचाउन सहयोग पुग्ने भएकोले रक्तदान आयोजना गरेको कार्यक्रम संयोजक एवं राज्य कमिटीको कोषाध्यक्ष उमा तामाङले जानकारी दिए ।

कार्यक्रममा प्रवासी नेपाली एकता मञ्चका अन्तर्राष्ट्रीय समन्वय कमिटीका सदस्यहरु राधाकृष्णा देउजा, सीता खरेल र यम लामा केन्द्रीय कमिटीका अध्यक्ष टेक गुरुङ, महासचिव शंकर पन्त कोषाध्यक्ष युवराज खनाल केन्द्रीय सदस्य वनिता कतिला लगायत उपस्थित थिए ।

आयोजक संस्था प्रवासी नेपाली एकता मञ्च न्यूयोर्क च्याप्टरका अध्यक्ष सौमेन्द्र रन्जित र द गुरुङ (तमु ) सोसाइटी अमेरिकाका अध्यक्ष तोरण गुरुङलगायत संस्थाका पदाधिकारीहरुले रक्तदान गरी सहभागीहरुको हौसला बढाएका थिए ।

त्यस्तै, जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राजकुमार बिष्टलगायत नेपाली समुदायका अगुवाहरु छेवाङ लामा, दिपेश लिम्वु, विश्वराज वास्तोला, भरत लामा , विष्णु रानामगर, कुलदिप रानामगर , डा सुक गुरुङ, डा. रस कुमारी गुरुङ, शारदा गुरुङ, भक्त गुरुङ, चन्दा गुरुङ, विजय गुरुङ, देवकी पन्तलगायतले रक्तदान गरेका थिए । कार्यक्रममा सहभागी रक्तदाताहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार