शेर्पा संघ अमेरिकाको अध्यक्षमा एपि शेर्पा

२०७९ भाद्र ५, आईतवार २३:१७

शेर्पा संघ अमेरिकाको न्युर्योकमा सम्पन्न तेस्रो अधिबेसनले पासाङ दोर्जि (एपि) शेर्पाको अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ । न्युयोर्कको ज्याक्सनहाइटस्थित शेर्पा किदुगको गुम्बामा उक्त अधिबेसन भएको थियो ।

नेपालबाट अमेरिकामा आई विभिन्न पेशा व्यवसायमा लागेका विभिन्न जिल्लाका शेर्पाहरुको उपस्थितिमा भएको अधिबेसनले बरिष्ठ उपाध्याक्षमा श्याम्बु शेर्पा, उपध्याक्षमा दाजिमा शेर्पा र महासचिवमा छिरिङ शेर्पा चयन भएका छन । त्यस्तै सचिवमा पेमग्युर्मे शेर्पा, कोषाध्याक्षमा छिरिङ शेर्पा, सहकोषाध्याक्षमा सांगे शेर्पा, सदस्यहरुमा छोग्याल शेर्पा, गेलु शेर्पा र निमदोर्जि शेर्पा चयन भएका छन ।

संघ अमेरिकामा फाइभवानसि फोर मान्यता प्राप्त सस्था हो । सस्थाको अधिबेसन न्युयोर्क नेपाली बाणिज्यदुतबासका कार्यवाहक महाबाणिज्यदुत बिष्णु प्रसाद गौतम र धर्मगुरु अवतारी लामाको विशेष आतिथ्यमा भएको थियो । कार्यक्रम निवर्तमान अध्यक्ष आङ जाङबु शेर्पाको सभापतित्वमा भएको थियो ।

सम्बन्धित समाचार