न्युयोर्क । नेपाली कला, संस्कृति र आफ्नैपन धर्मलाई मुख्य एजेन्डा बनाएर स्थापना गरेको स्याङ्जा समाज अमेरिकाले बनभोजको आयोजना गरी चौथों साधारण सभा सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष विमला हमाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि एनआरएनका उपाध्यक्ष दिलु पराजुलीले स्याङ्जा समाजले गरेको कामको प्रशंसा गर्दै आफूलाई प्रमुख अतिथिको रुपमा सम्मान गरेकोमा आभार प्रकट गरे ।
समाजका बरिष्ठ उपाध्यक्ष दिनदयाल भण्डारीले कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रतिनिधि, बरिष्ठ व्यक्तित्व, समाजसेवी, सामाजिक अभियन्ता, पत्रकारलगायत अन्य पाहुनाहरुको स्वागत गरे ।
कार्यक्रमको सञ्चालन तथा पाहुनाहरुको परिचय समाजका महासचिव शोभाकान्त पाण्डेले गराए ।
कार्यक्रममा न्युयोर्क शहरका मेयरका एसियाली सल्लाहकार नवराज केसी, बेद खरेल, सोमनाथ घिमिरे, समाजका संस्थापक तथा बरिष्ठ राजनीतिज्ञ श्यामकाजी गुरुङको विशेष उपस्थिति रहेका थिए ।
कार्यक्रममा बरिष्ठ गायिका विमाकुमारी दुरा, बरिष्ठ गायक विमल डाँगी, मधुर गिरी, निशा सुनारलगायतले पश्चिम नेपालको लोकगीत गाएर मनोरञ्जन प्रदान गरेका थिए । बसन्ती राईले नेपाली भेषभूषामा नृत्य प्रस्तुत गरेकी थिइन् ।
समाजका निवर्तमान अध्यक्ष तथा सल्लाहकार बीरेन्द्र केसीले समाजको कार्यक्रममा यसरी नै विभिन्न संघ संस्थाका प्रतिनिधिहरु बोलाएर रमाइलो गर्ने गरेको बताए ।