मुद्रास्फीति घटाउने, स्वास्थ्य सेवा बिस्तार गर्ने बजेटमा सांसदहरू सहमत

२०७९ भाद्र ७, मंगलवार १७:४०

महिनौंको वार्तापछि न्यूयोर्कका सिनेटर बहुमत नेता चक शुमर र पश्चिम भर्जिनियाका मध्यमार्गी सिनेटर जो मन्चिनले घाटा घटाउने जलवायु, स्वास्थ्य र कर प्याकेज सम्झौतामा सहमति जनाएका छन् । “मुद्रास्फीति न्यूनीकरण ऐन– २०२२” भनिन्छको यो सहमती अर्को हप्ता सिनेटमा पारित गर्नका लागि प्रस्तुत गरिने छ ।

यो ऐन पारित भएको अबस्थामा यसले थप ७३९ बिलियन डलर राजस्व उठाउनेछ । कांग्रेसको बजेट कार्यालय र कर सम्बन्धी संयुक्त समितिको अनुमान अनुसार न्यूनतम् १५ प्रथिशत कर्पोरेट करबाट ३१३ बिलियन, मेडिकेयर अन्तर्गत औषधिको मूल्य घटाएर २८८ बिलियन र आइआरएस कर कानूनको प्रवर्तन बढाएर २८८ बिलियन डलर र करको लुपहोलहरु बन्द गरेर १४ बिलियन डलर उठाउने योजना रहेको छ ।

“धनी व्यक्ति र निगमहरूमा कर छुटहरू बन्द गरेर लगानीको लागि पूर्ण आवश्यक रकमको जोहो गरिनेछ,” शुमर र मन्चिनले जारी गरेको एक संयुक्त वक्तव्यमा भनिएको छ ।

यस सम्झौताले मुद्रास्फीतिलाई नियन्त्रण गर्नमा धेरै ध्यान केन्द्रित गरेको छ भने संघीय घाटा कम गर्न ३०० बिलियन डलर लगानी गर्नेछ । बढ्दो मुद्रास्फीतिका कारण सुरुमा असहमत रहेका मन्चिनले बुधबार एक विज्ञप्तिमा यो सम्झौताले संघीय घाटा घटाएर मुद्रास्फीति रोक्ने बताएका छन् ।

“हाम्रो ३० ट्रिलियन राष्ट्रिय ऋण भुक्तान गर्न सुरु गर्ने र अमेरिकी कामदारहरूलाई थिचिरहेको मुद्रास्फीतिको बारेमा गम्भीर हुने समय हो,” वेस्ट भर्जिनिया सिनेटरले भनेका छन्, “व्यावहारिक रूपमा, २०२२ को मुद्रास्फीति न्यूनीकरण ऐनले ठूला निगमहरू र अति-धनीहरूले करहरूमा उनीहरूको उचित हिस्सा तिर्ने सुनिश्चित गर्दै साना व्यवसायहरू र श्रमिक वर्गलाई संरक्षण गर्ने कर नीति अनुरुप घाटा न्यूनीकरण गर्न सयौं बिलियन डलर लगाउने छ।”

मन्चिनले सम्झौताले राज्य र स्थानीय कर कटौतीको सीमा नबढाउने पनि अश्वास्त पारेका छन् । उनले प्रतिवर्ष चार लाख अमेरिकी डलरसम्म कमाउने परिवारलाई यस करलेअसर नपार्ने र साना व्यवसायहरूमा कुनै नयाँ कर लगाइने बताए ।

यस प्याकेज सहमतिले २०३० सम्ममा ४० प्रतिशत उत्सर्जन घटाउने अनुमान गर्दै १० वर्षमा ऊर्जा केन्द्रित जलवायु कार्यक्रमहरूमा ३६९ बिलियन डलर लगानी गर्ने उल्लेख छ । यसले पृथ्वीलाई बचाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख छ ।

यस सम्झौताले उत्सर्जनलाई थप घटाउने प्रयासमा विद्युतीय सवारी साधन कर क्रेडिटको निरन्तरतालाई पनि सुनिश्चित गर्नेछ । अमेरिकीहरूले प्रयोग गरिएको इलेक्ट्रिक गाडीको लागि चार हजार र नयाँको गाडीका लागि ७५०० अमेरिकी डलरसम्म क्रेडिट प्राप्त गर्न सक्नेछन् । सिनर्टर ब्रायन स्काट्जले यो सम्झौतालाई “मानव इतिहासमा सबैभन्दा ठूलो जलवायु कार्य” भनेका छन् ।

त्यसैगरी मेडिकेयरको सहुलीयतलाई २०२४ सम्म विस्तार गरिएको छ । ऊर्जा सुरक्षा र जलवायु परिवर्तनमा ३६९ बिलियन डलर थप र मेडिकेयर बिल अन्तर्गत स्वास्थ्य सेवा सहुलीयत विस्तार गर्न ६४ बिलियन डलर खर्च गरेर यो सम्झौताले अमेरिकीहरूको स्वास्थ्यको रक्षा गर्ने बताइएको छ ।

”थप मुद्रास्फीति जोखिममा पार्नुको सट्टा यस विधेयकले अमेरिकीहरूले तिर्ने मुद्रास्फीति करहरू घटाउनेछ, स्वास्थ्य बीमा र प्रिस्क्रिप्शन औषधिहरूको लागत घटाउनेछ, र हाम्रो देशले ऊर्जा सुरक्षा र जलवायु परिवर्तन समाधानहरूमा लगानी गरेको सुनिश्चित गर्नेछ ” सिनेटर मान्चिनले भनेका छन् ।

स्रोत: www.goodstewardsnetwork.org

सम्बन्धित समाचार