सर्वोच्च अदालतको अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग जवाफ मागेको छ । सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले बालेनसँग लिखित जवाफ माग गरेको हो ।
नर्भिक अस्पतालले नियम मिचेर बनाएका संरचना भत्काउन सर्वोच्चले रोक लगाएपछि बालेन्द्रले नक्सा पास र कारबाहीको अधिकार पनि सर्वोच्चलाई नै दिउँ भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।
सर्वोच्चको आदेशसँगै नर्भिकका संरचना भत्काउन पाएका थिएनन् । त्यसपछि उनको प्रतिक्रियामा आपत्ति जनाउँदै अधिवक्ता दीपकराज जोशी लगायतले उनीविरुद्ध सर्वोच्चको अवहेलना गरेको भन्दै रिट दायर गरेका थिए ।
नर्भिक अस्पतालको संरचना तत्काल नहटाउन सर्वोच्चले आदेश दिएपछि मेयर बालेन्द्रले लेखेको स्टाटसलाई लिएर उनीविरुद्ध मुद्धा परेको हो ।