१० माघ २०८२, शुक्रबार | Sat Jan 24 2026

बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ



बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई विमानस्थलबाटै नेपाल प्रहरीले पक्राउ गरेको छ।

उनी कतार एअरवेजको क्यूआर ६४८ नम्बरको विमानबाट आएका थिए । उनी सवार विमान वर्षाका कारण केहीबर विमानस्थल अवतरण नगरी आकाशमै फन्को मारेको थियो।

उनले नेपाल फर्केसँगै प्रहरीसँग आत्मसमर्पण गर्ने र कानूनी लडाइँ लड्ने बताएका थिए।

क्रिकेट खेल्न केन्या पुगेका लामिछानेविरुद्ध गत भदौ २१ गते एक युवतीले जबरजस्ती करणीको जाहेरी प्रहरीसमक्ष दिएकी थिइन्।

प्रहरीले पक्राऊ पूर्जी जारी गरेपछि सन्दीप केन्याबाट व्यवसायिक क्रिकेट खेलका लागि वेष्ट इण्डिजतर्फ लागेका थिए। लामिछाने आज बिहान १० बजे कतार एयरवेजबाट काठमाडौं आइपुगेका हुन्।

युवतीले प्रहरीसमक्ष दिएको जाहेरीमा सन्दीपले केन्या उड्नु अघिल्लो रात होटलमा बोलाएर जबरजस्ती करणी गरेको दाबी गरिएको छ।

 

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  १२ : ५७ बजे