१० माघ २०८२, शुक्रबार | Sat Jan 24 2026

न्युयोर्क शहरको पर्यटनदुतमा केशवराम नियुक्त


Ang

२२ आश्विन २०७९, शनिबार  

0
Shares

नेपाल सरकारले न्यूयोर्कमा लामो समयदेखिन सामाजिक कार्यमा क्रियासिल केशवराम राईलाई न्युयोर्कको शहरको लागि पर्यटन सद्भावना दूतमा नियुक्त गरिएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको गत असोज १३ गतेको मन्त्रीस्तरिय निर्णय अनुसार राईलाई अमेरिकाको न्युयोर्क सिटिको पर्यटन सद्भावना दूत नियुक्त गरेको जनाएको छ ।

राईलाई सद्भावना दूत सम्बन्धी कार्यविधि, २०७९ को दफा ९७० बमोजिम संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहर कार्यक्षेत्र हुने गरी नेपालको पर्यटन सद्भावना दूतमा ४ वर्षको लागि नियुक्त गरिएको जनाएको छ ।

न्युयोर्कको नेपाली समुदायको विभिन्न गतिविधिहरुमा निकै सक्रियताका साथ सघाउदै आएका केशवरामले न्युयोर्कमा हुदै आएको नेपाल डे परेड, नेपाली मेला लगायतको कार्यक्रममा विशेष भुमिका निभाउनुको साथै पछिल्लो समय कोरोना महामारीको बेला ज्यान जोखिममा राखेर नेपाली समुदायलाई सहयोग गरेका थिए । युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिका (युक्रा) को केन्द्रीय उपाध्यक्ष राईको अगुवाईमा हालै न्युयोर्कको नायागाराफल्समा नेपाल फेष्टिबल सम्पन्न गरेको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ७ : ३२ बजे