बिश्व शेर्पा संघको पहलमा निर्माण भएको शेर्पा भाषाको एप राजधानीमा एक समारोहका वीच सार्वजनिक गरियो । उक्त एप विश्व शेर्पा दिवस अक्टोबर ८ को दिन धर्मगुरु सेन्दाग टुल्कु रिम्पोचेद्धारा सार्वजनिक गरिएको थियो । शेर्पा भाषाको संरक्षणको लागी विगत दुई बर्षदेखि तयार गदै आइरहेको यो एप विश्वभरिका शेर्पा किदुगहरु र संघहरुको आर्थिक सहयोगमा निर्माण गरिएको हो । विभिन्न जातीय समुदायहरु मध्ये शेर्पा भाषाको संरक्षण र प्रर्वद्धनको लागी बनेको यो एप संभवत पहिलो हुन सक्छ । कार्यक्रममा शेर्पा समुदायका धर्म गुरुहरु, विभिन्न क्षेत्रका बरिष्ठ व्यक्तित्वहरु र विभिन्न जातीय सस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।
कार्यक्रममा संघका अध्यक्ष आङ दोर्जि शेर्पाले विर्सदै जान थालेको शेर्पा भाषालाई जोगाउन तथा शेर्पा भाषा सिक्नका लागी सहज बनाउनका लागी एप निर्माण गरेको बताएका थिए । उनका अनुसार एप निर्माणका लागी विश्वभरिका विभिन्न सस्थाको अगुवाईमा ३५ लाख भन्द बढि रकम संकलन भएको बताएका थिए । एप निर्माणकै लागी अमेरिकाबाट समितिमा रही शेर्पा संघ अमेरिकाका निबर्तमान अध्यक्ष तथा बर्तमान संरक्षक समितिका प्रमुख आङ जाङबु शेर्पा र सल्लाकार एवं पत्रकार आङ छिरिङ शेर्पाले योगदान विशेष योगदान पुर्याएका थिए ।
एप सार्वजनिक कार्यक्रममा शेर्पा संघ अमेरिकाले यस वर्षको शेर्पा पत्रकारिता पुरस्कार राजधानीमा पत्रकारिता गरिरहेका पत्रकार वाङछे शेर्पालाई प्रदान गरिएकेा थियो । २५ हजार १ रुपैया सहितको सम्मान पत्र शेर्पा संघ अमेरिकाका सल्लाहकार ङावा फिन्जु लामा शेर्पाले प्रदान गरेका थिए । संघले अमेरिकाबाट वाषिर्क रुपमा शेर्पा पत्रकारिता पुरुस्कार प्रदान गदै आएको छ । कार्यक्रममा राजधानी बाहिर विदेशमा रहेकाहरुको लागी जुमबाट सहाभागीता जनाएका थिए ।
कार्यक्रममा शेर्पा संघ अमेरिकाका पदाधिकारीहरु, सल्लाकारहरु र संरक्षकहरुको उपस्थिति थिए । उक्त कार्यक्रममा शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जी शेर्पा (एपी लामा)ले शेर्पा भाषामा बधाई तथा शुभकामना दिनुका साथै शेर्पा एप निर्माणमा अमेरिकाबाट समितिमा रही शेर्पा संघ अमेरिकाका निबर्तमान अध्यक्ष तथा बर्तमान संरक्षक समितिका प्रमुख आङ जाङबु शेर्पा र सल्लाकार एवं पत्रकार आङ छिरिङ शेर्पाले दिएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा नेपाली आदीवासी जनजाती महासंघ नेफिनका अध्यक्ष गेल्जे शेर्पाले मौलिक शेर्पा पहिचानलाई जर्गेना गर्न शेर्पा भाषको एपले मद्धत पुयाउने बताउदै कार्यक्रममा उपस्थिति सवैलाई धन्यवाद दिएका थिए ।