२९ भाद्र २०८१, शनिबार | Sun Sep 15 2024

तमु परिवारको न्युयोर्कमा देउसी भैलो


Ang

८ कार्तिक २०७९, मंगलबार  

352
Shares

तमु परिवार न्यूयोर्कले तिहारको अवसर विविध सास्कृतिक कार्यक्रमको साथ देउसीभैलो कार्यक्रमको आयोजना गरियो । न्युयोर्कको ज्याक्सनहाइटस्थित शेर्पा किदुगको भवनमा आयोजित कार्यक्रममा गुरुङ संस्कृति झल्कने गीत तथा नृत्यसंगै देउसी भैलो गीत संगीतमा सबैलाई मनोरञ्जन दिलाएका थिए ।

प्रवासमा नेपाली मौलिक कला सस्कृतिको संरक्षणको लागी हरेक वर्ष झै यस पटक पनि देउसीभैलो कार्यक्रम आयोजना गरिएको तमु परिवारका अध्यक्ष मनिता गुरुङले बताएकी थिइन । कार्यक्रममा एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष आङछिरिङ शेर्पा, न्युयोर्क सिटिको मेयर एरिक एडम्सको एसिया ममिला सल्लाहकार नवराज केसी, तामाङ समाजका अध्यक्ष विनिता तामाङ लगायत विभिन्न सस्थाका प्रतिनिधिहरुको उपस्थिति थिए ।

नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर शुरु भएको कार्यक्रममा कलाकारहरु तेन्जिड गुरुङ, यान्कि गुरुङ, शारा गुरुड, शनिशा गुरुङ, दिप्शिला गुरुङ यनसर्ज गुरुङ र रुथमान गुरुडले मनोरञ्जनात्माक नृत्य प्रस्तुत गरेका थिए । तमु परिवार न्यूयोर्क ईन्क अमेरिकाको युवा समुहको बाध्यबादन टोलिका मनित गुरुङ, दिपक गुरुङ, प्रेम गुरुङ र सिजन गुरुङको दउसीभैलो संगीतमा सरोज गुरुङले देउसी भैलो भट्याएका थिए ।

सस्थाले यस पटकको देउसी भैलोमा दक्षिणा स्वरुप ९ हजार ४ सय ३५ डलर संकलन गरेका थिए । ऊठेको रकममा खर्च कटाएर बचेको रकम तमु भवन खरिदको लागी उपयोग गरिने तमु परिवारका महासचिव देविजंग गुरुङले बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ६ : ३० बजे