२ आश्विन २०८१, बुधबार | Thu Sep 19 2024

राजधानीमा न्युदया नेपाल संम्वतको वृहत कार्यक्रम


Ang

९ कार्तिक २०७९, बुधबार  

0
Shares

नेपाल संम्वत ११४३ को अवसरमा काठमाडौंको वसन्तपुरमा आयोजित बृहत सांस्कृतिक र्‍याली कार्यक्रमको प्रधानमन्त्रि शेरबहादुर देउवाले उदघाटन गरियो । कार्यक्रम नेपाल संम्वत न्हुदया समारोह समितिको आयोजनामा भएको थियो ।
नेपाल संम्वतका प्रर्वतक शंखधार साख्वाःले ११४३ पूर्व जनताको ऋण मोचन गरी यो सम्वत् प्रचलनमा ल्याएको थियो । नेस १९२९ मा यो संम्वतलाई राष्ट्रिय संम्वतको औपचारिक मान्यता प्रदान गरी घोषणा गरिएको थियो ।

नेपाल संम्वतको उपलक्ष्यमा उपत्यकाका विभिन्न सहरबाट सांस्कृतिक बाजागााजासहित निकालिएको र्‍याली वसन्तपुर दरवार क्षेत्रमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा प्रधानमन्त्रि देउवाले राष्ट्रिय विभूति शखधार साख्वाःले नेपाल संवत्को ऐतिहासिकता, व्यवहारिकता, सांस्कृतिक महत्वका विविध पक्षलाई आम नागरिकसमक्ष पुर्‍याउन विशेष योगदान दिएको बताएका थिए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले राष्ट्रिय विभूति शफ्धर साख्वाःको उत्पतिस्थलको जगेर्नाका साथै उहााको पहिचान र गौरबलाई स्थापित गरिनुपर्नेमा जोड दिनुभयो ।
समारोह समितिका अध्यक्ष प्रा.डा. नरेशमान बज्राचार्यले राष्ट्रिय मान्यता प्राप्त नेपाल संवत्लाई व्यवहारिक कार्यान्वयन गरिनुपर्ने बताएका थिए । नेपाली मुद्रा र नोटमा नेपाल संवत् लेखिनुपर्ने, नेपाल संवत् प्रतिष्ठान स्थापना गरिनुपर्ने लगायत माग समेत गरेका थिए । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, पूर्वउपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, पूर्वमन्त्री राजेन्द्र श्रेष्ठ, महानगरका उप-प्रमुख सुनिता ढङ्गोललगायतको उपस्थिति थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ८ : ३२ बजे