अमेरिकाको पेन्सिलभेनियास्थित नेपालीहरुको सामुदायिक संस्था पेन्सिभेनिया नेपाली गुठीले अमेरिकी सरकारबाट पाँच लाख डलरको अनुदान प्राप्त गरेको छ । करिब एक दशक अघि स्थापना गरेको नेपाली सस्थालाई पेन्सिलभेनिया राज्यको मोन्टगोमरी काउन्टी सरकारले यो अनुदान दिएको हो । स्थानीय नेपाली समुदायमा क्रियाशील पेन्सिलभेनियाको यो नेपाली संस्था नै सम्भवतः अमेरिकी सरकारद्धारा ठुलो राशीको अनुदान पाउने पहिलो सस्था हो । मोन्टगोमरी काउन्टीमा बसोवास गर्ने नेपालीहरुको संख्या करीब ६ हजार रहेको छ । एशोसियसनका संस्थापक अध्यक्ष बिमल मोक्तानको अनुसार स्थानीय सरकारले दिएको यो अनुदानले सम्पूर्ण नेपाली समुदायले सम्मानीत महसुस गरेको बताएको छ । त्यसो त स्थानीय स्तरमा यो सस्थाले गदै आएको सामाजिक कार्यको मुल्याङकनकै आधारमा अमेरिकी सरकारले यो अनुदान प्रदान गरेको नेपाली समुदायका प्रतिनिधिहरुले बताउछन ।
स्थानीय काउन्टी सरकारले यो अनुदानसंगै पीएनजीएले मोन्टगमोरी काउन्टीको जर्मन टाउन भन्ने स्थानमा दुईतले भवन समेत किनेको छ । करीब ४ हजार स्क्वायर फुट क्षेत्रफलको सो भवनमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि पीएनजीएको कार्यालय संचालन गरिने भएको छ । । बृहत कम्युनिटी सेन्टरको अवधारणालाई सार्थक बनाउन र समुदायलाई जोड्न पीएनजीले हिमालयन सेन्टर’को प्रस्तावित नाममा अघि बढाईएको बृहत परियोजनामा हिन्दु मन्दिर,बुद्ध गुम्बा,सामुदायिक सभा हल, नेपालको मौलिक पहिचान झल्काउने सांस्कृतिक संग्रहालय स्थापनासहित आधारभूत स्वास्थ्य र शिक्षा सम्बन्धी कार्यक्रम गर्ने उद्देश्य समेटिने भएको छ ।