न्युयोर्कमा गिरिजा प्रसाद फाउण्डेसनले १ सय १३ औं अन्तर्राष्ट्रीय नारी दिवस एवं फाउन्डेशनको वाषिर्कोत्सव विशेष कार्यक्रमको साथ मनायो । न्युयोर्कको क्वीन्समा आयोजीत उक्त कार्यक्रममा क्विन्स डिस्ट्रीक्ट एटोर्नी मेलीन्दा काज र फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले संयुक्तरूपमा पानसमा बत्तीवाली उदघाटन गरेका थिए । उक्त कार्यक्रममा नेपालका वरिष्ठ पत्रकार एवं देशान्तर साप्तहिकका कार्यकारी अध्यक्ष तथा प्रधान-सम्पादक कबिर राणा र काउन्सील मेम्बर जुली वन समेतको उपस्थिति रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि मेलिन्दाले सरल नेपाली भाषा तथा संस्कृति केन्द्र स्थापना गरेर अमेरिकामा जन्मेका बालबालिकालाई बालबालिका र विदेशीलाई समेत नेपाली भाषा र संस्कृति सिकाउदै आएकी गुरुआमा पद्मा लींखा मगरलाई सम्मान गरेका थिए । मगर लगायतका नेपाली गुरुआमाहरुको सक्रियतामा सरल नेपाल भाषा सञ्चालन हुदै आएका छन । त्यस्तै न्युयोर्क राज्यका ऐसेम्ब्लीमेम्बर त्रय जेनिफर राजकुमार, स्टिभन राघा र जेसिका गोन्जालेज रोहासले नेपाली समुदायमा विभिन्न क्ष्ाेत्रमा उत्कृष्ठ योगदान दिदै आउका नारीहरू र पंच कन्याहरुलाई सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा संयुक्त राष्ट्रसंघका विशिष्ठ प्रतिनिधि लगायत अमेरिकास्थित विभिन्न १७ राष्ट्रका महिला नेतृ एवं सामाजिक अभियन्ताहरूको उपस्थिति थिए । उक्त अवसरमा नेपाली पंचकन्या, नेपालीलोक एवं सांस्कृतिक नृत्यका साथै, चिनिया सााकृतिक कार्यक्रम, भारतीय पंजाबी नृत्य समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा मेलीन्दा काजले नेपाल र नेपाली समुदायको उच्चसम्मान गर्दै जिपी कोईराला फाउन्डेशनले गरेको सामाजिक कामको आफुहरूले उच्च मूल्यांकन गरेको र आगामी दिनहरूमा अझै शसक्तढंगले समाजसेवा गर्नेमा आफु विश्वस्त रहेको बताएकी थिए । अमेरिका र नेपालको राष्ट्रिय गान वाट शुरु भएको कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक गोविन्द राई र वरिष्ठ कलाकार बसन्ती राईले नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै लोक दोहोरी गायिका संगीता थापाले राष्ट्रीय गान गाएकी थिए । गरिमा ज्ञवाली र पुजा कुवर क्षेत्रीले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले फाउण्डेसनका पदाधिकारी लगायतको सहयोगले कार्यक्रम अत्यन्त सफलतापूर्वक संपन्न भएको बताए । कार्यक्रम सफल बनाउनमा आफुहरूको पुरै टीमको साथ रहेको उपाध्यक्ष सुवर्ण लामा, महासचिव छिरींग राप्के लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरू क्रमशः सुर्यसिंखडा, धु्रव कुवर क्षेत्री, राजेश आचार्य, प्रेम अधिकारी क्षेत्री, रेखा श्रेष्ठ र चुन्डी शेर्पाको अथक खटाईको उच्च प्रशंसा गर्दै एकता नै बल हो भन्नेकुरा प्रमाणित भएको बताएका थिए ।
यस्तो कार्यक्रम न्युयोर्कमा पहिलो पटक र ऐतिहासिक भएको भन्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीकी अघ्यक्ष गिता खत्रीले प्रसंसा गरेकी थिइन ।
कार्यक्रममा न्युयोर्क राज्य गर्भनरको प्रतिनिधित्व ऐसियन ऐमेरिकनकी ऐफियर्सकी डाईरेक्टर ईलेन फानले गरेकी थिईन भने न्युयोर्क सिटिको मेयरको कार्यालय वाट मेयर ऐरिक अडम्सको प्रतिनिधित्व साउथ ऐसियन कम्युनिट ऐफियर्सकी सुकरानी धनपतले गरेकि थिईन। त्यस्तै कम्पट्रोलर ब्राड ल्यान्डरको प्रतिनिधित्व क्विन्सका डाईरेक्टर देम्स मुंगेलुजोले गरेका थिए ।
त्यस्तै नेपाली संघ संस्थाहरुवाट युएस नेपाल क्लाइबर्स एसोसियसनका अध्यक्ष पासाड. निमा शेर्पा, तमु परिवार न्युयोर्ककी अध्यक्ष मनिता गुरूड., नेपाल भिजनका अध्यक्ष मोहन श्रेष्ठ, एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष आडछिरिड. शेर्पा, हामी नेपाली ग्लोबल केन्द्रका उपाध्यक्ष नवराज के.सी., युक्राका उपाध्यक्ष केशब राम राई, नेपाली अमेरिकन कलाकार संघकी अध्यक्ष नीसा सुनार, पिस इनिसेटिघका सह-संयोजक जय सुवेदि र दिपिसा के सिका लगायतका उपस्थित थिए ।