३१ असार २०८१, आइतबार | Sun Jul 14 2024

छोङबा खम्बाचे ‘सिल्भर जुब्लि हिरो’ अवार्डबाट सम्मानित


Ang

३ चैत्र २०७९, शुक्रबार  

1.5k
Shares

शेर्पा किदुगले ल्होसारको अवसरमा आयोजित विशेष कार्यक्रममा पूर्व अध्यक्ष छोङबा शेर्पा खम्बाचेलाई यस वर्षको सिल्भर जुब्लि हिरो अर्वाडबाट सम्मानित गरेको छ । पूर्व अध्यक्ष शेर्पाले किदुगको इतिहासमा निस्वार्थ भावनाले संस्थालाई महत्वपुर्ण योगदान पुर्‍याएको भनि सम्मान गरिएको हो । उनकै नेतृत्वमा शेर्पा किदुगले ज्याक्सनहाइटमा गुम्बा खरिद गर्नुका साथै महत्वपूर्ण संस्थागत कार्यहरु सफलतापूर्वक सम्पन्न गरेको थियो ।

किदुगको ल्होसार बार्षिक कार्यक्रममा नेपालकी उपसभामुख इन्दिरा रानामगर प्रमुख अतिथिको रुपमा उपस्थित थिइन् । कार्यक्रममा न्युयोर्क डिष्ट्रिक ३० को एसेम्बलि मेम्बर स्टेभन रागा, साउथ एसियन कम्युनिटी ल्याजन सोक्रीनी दानउपात, न्युयोर्कसिटीको एसियन ममिला सल्लाहकार नवराज केसी, न्युजर्सीका मेयरका सल्लाहकार विष्णुमाया परियार र विभिन्न समुदायका प्रतिनिधिहरुको उपस्थिति थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि रानामगर र धर्मगुरु अवतारी लामाले संयुक्त रुपमा छयोमि बाली उद्घाटन गरेका थिए ।

‘शेर्पा समुदायको महान चाड ल्होसारको अवसरमा आयोजित बार्षिक कार्यक्रममा मौलिक संस्कृति पस्कनुका साथै समुदायमा योगदान दिनेहरुलाई सम्झने किदुगको विशेष दिन हो’ किदुगका अध्यक्ष छिरिङ शेर्पाले बताए । प्रवासमा नेपाली कला संस्कृतिको संरक्षणको लागि शेर्पा किदुगले गर्दै आएको कार्यको सभामुख रानामगरले प्रशंसा गरिन् । उक्त अवसरमा न्युयोर्कसिटिको कंग्रेसओमेन ग्रेसमिङले शेर्पा किदुगलाई सामाजिक कार्यको प्रसंसा गदै प्रोकोमेनसले सम्मान गरिएको भने किदुगमा रहेर खटने सवै पदाधिकारीहरुलाई पनि साइटेसन दिएका थिए ।

उक्त अवसरमा खुम्बु पासाङल्हामु समुहका कलाकारहरु आङ फुर्वा शेर्पा, पामुदिकी शेर्पा, याङजी शेर्पा, निमा याङजी शेर्पा, पासाङफुटी शेर्पा, आङग्याल्जेन शेर्पा, आङ सोनाम शेर्पा र मिङमा शेर्पाले मौलिक शेर्पा नृत्य सेब्रुङ प्रस्तुत गरेका थिए । त्यस्तै कलाकारहरु कविनासिंहले नेवारी नृत्य, एनसरी गुरुङले गुरुङ नृत्य, छेजी शेर्पा र माइकल शेर्पाले तामाङ नृत्य प्रस्तुत गरेका थिए भने पासाङफुटी शेर्पा, बसन्ती राई, महादेव त्रिपाठीले पनि नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी सानु शेर्पा, वाङदी शेर्पा, तेन्जिङ शेर्पा र डोमा शेर्पाले गीत गाएका थिए ।

तस्बिरहरु: शेर्पा किदुग

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ७ : १५ बजे