३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

एम्बाप्पे फ्रान्सेली फुटबल टीमको कप्तान



फ्रान्सले गत वर्ष कतारको दोहामा भएको विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेलमा पीडादायी पराजय भोगेको तीन महिनापछि देशको फुटबल खेलको नेतृत्व केलियन एमबाप्पेलाई सुम्पेको छ ।

राष्ट्रका धेरै दिग्गज खेलाडीले सन्न्यास लिएपछि एमबाप्पेलाई युरो २०२४ को छनोट अभियानका लागि कप्तानको जिम्मेवारी प्रदान गरिएको हो ।

दोहा विश्वकपमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा भएको पराजयमात्र होइन मैदान बाहिरका घोटालाले पनि फ्रान्सेली फुटबल उथलपुथल भएको छ । फ्रान्सेली फुटबल सङ्घका अध्यक्ष

सन् २०२६ सम्मका लागि प्रमुख प्रशिक्षक डेसच्याम्प्सलाई अनुबन्ध गरिएकामा उनलाई फ्रान्सेली जनताले नरुचाएपछि उनको स्थान अब जिनेदिन जिदानले सम्हाल्ने संभावना बढेको छ ।

लामो समयदेखि ‘ब्याकअप’ गोलकिपर स्टिभ मन्डान्डाले सन्न्यास लिएपछि एसी मिलानका माइक मैगनन उनको स्थान लिएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ६ : ०१ बजे