२६ भाद्र २०८१, बुधबार | Wed Sep 11 2024

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन सत्तापक्षीय दलहरु सहमत



सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्नका लागि निर्वाचन ऐन ल्याउने भएको छ । गठबन्धनले तय गरेको सरकारको नीति तथा कार्यक्रममा विदेशमा रहेका नेपालीलाई मतदान अधिकारको सुनिश्चित गर्ने उल्लेख छ ।

गठबन्धनले तयार गरेको नीति तथा कार्यक्रममा विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिने विषयमा भनिएको छ, ‘विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्थासहितको निर्वाचन ऐन तर्जुमा गर्ने ।’

सत्तारुढ गठबन्धनको बुधबारको बैठकले नीति तथा कार्यक्रमलाई टुंगो लगाएर सार्वजनिक गर्ने तयारी गरेको छ । नीति तथा कार्यक्रम र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न गठबन्धनका दलहरू जुटेका छन् ।

एमालेलगायतका दलहरुले सरकार छाडेपछि कांग्रेसलगायतका दलहरुको सहयोगमा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेपनि सरकार बिस्तार गर्न नसकेको बेला दलहरुबीच साझा नीति तथा कार्यक्रममा सहमति जुटेको । सत्ता पक्षीय दलहरुबीच मन्त्रालय भागबण्डमा कुरा नमिल्दा १६ वटा मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहालसँग छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ४ : ३४ बजे