३० असार २०८१, शनिबार | Sat Jul 13 2024

रास्वपाबाट श्रेष्ठ निष्कासित, कंशाकारलाई सांसदमा निर्वाचित गर्ने निर्णय




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकले आज समानुपातिक सांसद डा ढाकाकुमार श्रेष्ठलाई पार्टी र सांसद पदबाट निष्कासित गरी कंशाकारलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने निर्णय गरेको हो ।

घुस मागेर पार्टीको बदनाम गरेको र भ्रष्टाचारलाई बढावा दिन खोजेको देखिएकाले श्रेष्ठलाई सांसद र पार्टीको साधारण सदस्यबाटै हटाएर उहाँको सदस्यता खारेज गर्ने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए ।

उनका अनुसार श्रेष्ठको सांसद पद खारेजीका लागि संसद् सचिवालयलाई जानकारी गराउने र रिक्त रहेको पदमा विन्दवासिनी कंशाकारलाई निर्वाचित गर्न निर्वाचन आयोगमा निवेदन दिने पनि पार्टीले निर्णय गरेको छ । निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा रोल क्रमअनुसार विन्दवासिनी कंशाकार अघि रहेकाले उनलाई निर्वाचित भएको घोषणा गरिदिन पार्टीले आयोगलाई निवेदन दिने निर्णय गरेको बताइएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईसॅग स्वास्थ्य मन्त्री हुन लाग्को र पारिटीले रकम माग गरेको भन्दै २ करोड रुपैयां बार्गेनिंग गरेको अडियो बाहिरिए पछि उनी कारबाहीमा परेका हुन् ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ९ : २९ बजे