१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

न्युयोर्कमा मनाइयो नयाँ वर्ष


Ang

३ बैशाख २०८०, आइतबार  

118
Shares

न्युयोर्क । अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरुले नयाँ वर्ष वि.सं. २०८० को स्वागत गरी शुभकामना साटासाट गरि नया बर्ष मनाएका छन् ।
ज्याक्सन हाइटस्थित सत्यनारायण मन्दिरको सभाकक्षमा वैशाख १ गते अपि्रल १४ का दिन न्युयोर्कमा रहेका विभिन्न ४८ वटा नेपाली संघसंस्थाहरु मिलेर पहिलो पल्ट यसरी ‘नेपाली हामी हाम्रो कर्मभूमि’ भन्ने नाराका साथ नयाँ वर्ष भव्य रुपमा मनाएका हुन् ।
कार्यक्रमको आकर्षण भनेको ‘नो भाषण,नो आसन’ थियो । तीन जनालाई मात्र आसन ग्रहण गराइयो भने अन्यलाई यथास्थानमा । विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पाहुनालाई शुभकामना दिन ३० सेकेन्डमात्र समय दिइएको थियो ।
नेपाली तथा अमेरिकी राष्ट्रिय गानबाट सुरु भएको उक्त कार्यक्रममा नेपालका हिमाल,पहाड र तराईका विभिन्न नृत्य र गीत प्रस्तुत गरिएको थियो ।
९१ बषिर्य आङ निमा लामाको सभापतित्व रहेको उक्त कार्यक्रममा विशेष अतिथि न्युयोर्क राज्यका सिनेटर स्टिभन रागा तथा न्युयोर्कस्थित नेपाली वाणिज्य दूतावासका वाणिज्यदूत विष्णुप्रसाद गौतम थिए । स्याङ्जा समाज अमेरिकाका वरिष्ठ उपाध्यक्ष दिन दयाल भण्डारी (दिनेश) को संयोजन तथा सञ्चालनमा गरिएको उक्त कार्यक्रममा विभिन्न संघसंस्था तथा राजनीतिक पार्टीका प्रतिनिधिहरुले कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै नयाा वर्षको शुभकामना दिएका थिए ।
नेपाली संघसंस्थाका प्रतिनिधिहरुसहित विभिन्न सामाजिक सेवामा लागेको सामाजिक अभियन्ता, कानुनविद् , व्यापारी ,पत्रकार र सर्वसाधारणको बाक्लो उपस्थित रहेको उक्त कार्यक्रममा यसरी नै नयाा वर्षलगायतका कार्यक्रम मिलेर गर्नुपर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ११ : ३४ बजे