१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

न्युयोर्कमा नेपालको ७ प्रदेशको चिनारी दिने नेपाल परेड हुँदै



अमेरिकाको न्युयोर्कस्थित म्यानहृटन शहरमा नेपाल चिनाउने विभिन्न झाँकीहरुको साथ नेपाल डे परेडको तयारी पुरा भएको जनाएको छ । मे २१ तारिख न्युयोर्कमा हुन लागेको परेडमा नेपालको विभिन्न ७ प्रदेशको मौलिक सस्कृति झल्कने कला सँस्कृति र झाकी प्रस्तुत हुने भएको छ ।

म्यानहृटनको थर्टिएट स्ट्रीटको म्याडिसन एभिन्युबाट शुरु हुने परेडको उद्घाटन न्युयोर्कसिटिको मेयर एरिक एडम्स र नेपाली महाबाणिज्यदुताबास न्युयोर्कका कार्यवाहक महाबाणिज्यदुत विष्णु प्रसाद गौतमले संयुक्त रुपमा गर्ने छन् । त्यस्तै ग्राण्ड मार्सलको रुपमा न्युयोर्कको नेपाली समुदायमा सबैभन्द जेष्ठ नागरिक १ सय ३ वर्षीय पासाङ कर्ता शेर्पा उपस्थित हुने भएको छ ।

नेपाल, नेपालीको गौरव र पहिचानको यो कार्यक्रम एनआरएन न्युयोर्क च्याप्टरको आयोजनामा हुन लागेको हो । यो कार्यक्रम संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको गणतन्त्र दिवस, बुद्ध जयन्ती र माउन्ट एभरेष्ट डे को अवसर पारेर न्युयोर्कमा विगत लामो समयदेखि हुँदै आएको छ ।

यस पटकको परेडमा पनि नेपाल चिनाउने स्वयम्भुनाथको स्तुपा, पशुपतिनाथको मन्दिर, बुद्धको प्रतिमा ट्रकमा राखेर गुमाउने भएको छ ।

‘विश्वको केन्द्र शहर न्युयोर्कमा यस पटक फेरि नेपाल चिनाउने कार्यक्रम गर्न पाउँदा हामी उत्साहीत भएका छौ’ एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष आङ छिरिङ शेर्पाले एभरेष्टटाइम्सलाई भने, ‘यस पटकको परेड नेपालको ७ प्रदेशलाई समेटेर वाकिङ टुगेर फर वेटर नेपाल’ नाराले थप आर्कषण थपिएको छ ।’ उनका अनुसार परेडमा न्युयोर्क, न्युजर्सी र आसपासको राज्यमा रहेका करिब ४ हजार नेपाली उपस्थित हुने आपेक्षा राखिएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ११ : ०५ बजे