१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

गोरखा जिप दुर्घटनामा एकै गाउँका ५ जनाको मृत्यु



सहिद लखन गाउँपालिका–३ पात्लेखोलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सहिद लखन–३ कोडगाउँबाड वडा नम्बर ५ को पोखरीडाडाँ जन्ती लिएर फर्कंदै गरेको प्र ३–०१–०२३ च २४२७ नम्बरको जिप सडकबाट दुई सय ५० मिटरको भीरबाट खसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, गोरखका अनुसार दुर्घटनामा सहिद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षीया नविना थापा र ६४ वर्षीय धनबहादुर थापाको मृत्यु भएको छ ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । जिप दुर्घटनामा घाइते भएका ९ जनाको तनहुँस्थित आबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा सुरज राना, नरबहादुर थापा, दोषबहादुर थापा, होमबहादुर राना, सन्दिपा राना, सुरज थापा, चन्द्र थापा, कुलबहादुर राना, लक्ष्मी थापा, मनिका राना र प्रतीक राना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  १ : ०२ बजे