१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

टर्यो रुसको संकट, येभगेनी प्रिगोजिन लागे बेलारुसतिर



रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिएर चर्चित बनेका प्राइभेट सैनिक कम्पनी वागनर ग्रुपका प्रमुख येभगेनी प्रिगोजिन बेलारुसतिर लागेका छन् । रुसी सत्ता र उनीबीच सम्झौतापछि रुसको संकट तत्काललाई टरेको छ ।

शुक्रबार आफ्ना सैनिकहरुलाई रुसी सेनाको क्याम्पहरु कब्जा गर्न लगाएपछि पुटिनले यसलाई देशद्रोह भन्दै परिणाम भोग्न चेतावनी दिएका थिए । उनको सैनिकले शुक्रबार रुसको रोस्तोव-अन-डन शहरको सैनिक मुख्यालय कब्जा गरेको र मस्कोतर्फ अघि बढ्दै गरेको दावी गरेको थियो ।

पुटिनसँग सम्झौतापछि उनले मुस्कुराउँदै स्थानीयबासीतर्फ हात हल्लाएर अभिवादन गरेका थिए । उनको यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

रोस्तोभ सहर छाड्ने क्रममा उनलाई सुरक्षित साथ अब बेलारूसमा बस्ने गरी पठाइएको कुरा सार्वजनिक भएको थियो ।

राष्ट्रपति पुटीननिकट बेलारूसका शासक अलेक्जेन्डर लुकासेन्कोले वागनर ग्रुपका प्रमुख येभगेनी प्रिगोजिनसँग क्रेमलिनको सम्झौता गराएका थिए ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ६ : ०१ बजे