१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

घट्यो आन्तरिक हवाई भाडा, कुन रुटमा कति कायम ?



नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई भाडा समायोजन गरेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेल र हवाई इन्धनको मूल्य घटाएपछि प्राधिकरणले हवाई भाडा पनि समायोजन गरेको हो ।

अब काठमाडौँ–धनगढीको हवाई भाडा ६१५ रुपैयाँले घट्नेछ । काठमाडौँ–धनगढीको फ्यूल र्चाज ६ हजार ६२५ रुपैयाँ थियो । अब ६ हजार १० रुपैयाँ कायम भएको छ।

काठमाडौँ–सिमराको फ्यूल र्चाज १२५ रुपैयाँले घट्दै १ हजार २२५ रुपैयाँमा झरेको छ । निगमले आन्तरिक उडानतर्फको इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएको छ ।

अन्तर्राष्ट्रियतर्फको इन्धन मूल्य प्रतिलिटर १५ रुपैयाँले घटाइएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ३ : २३ बजे