२६ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025

ललिता निवास प्रकरण : गुरुङसहित नौ जना थप सात दिन हिरासतमा



काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका मालिक मिनबहादुर गुरुङसहित नौ जनालाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

मंगलबार जिल्ला अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न सात दिन म्याद थप गरेको हो । बालुवाटार जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ९ जनालाई पक्राउ गरिसकेको छ ।

सीआईबीले सरकारी किर्ते कसुरमा असार १२ गते भाभटेनी सुपरमार्केटका मालिक गुरुङ, मालपोतका पूर्वकर्मचारी धर्मनाथ गौतम, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोतका पूर्वकर्मचारी गोपाल कार्कीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो ।

यस्तै, सीआईबीले आइतबार काठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो भने सोमबार रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरेको हो ।

१२ गते पक्राउ परेका चार जनालाई १३ गते नै जिल्ला अदालतले हिरासतमा राख्न ७ दिनको अनुमति दिएको थियो । यो मुद्दामा ४०६ जनाविरुद्ध पक्राउ अनुमति प्रहरीले लिएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ५ : २९ बजे