२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

नर्थ अमेरिकन शेर्पा महिला टोली पहिलो पटक अमेरिकाको माउन्ट बेकरमा


Ang

२२ असार २०८०, शुक्रबार  

598
Shares

नर्थ अमेरिकन शेर्पा महिला टोलीले नर्थ अमेरिकाको माउन्ट बेकर हिमालको सफल आरोहण गरेका छन । १० हजार ७ सय ८१ फिट उचाईमा रहेको माउन्ट बेकरमा गत जुलाई २ तारिखको दिन १२ जना शेर्पा महिला टोलिले सफल आरोहण गरेको नर्थवेष्ट शेर्पा एसोसियसनका अध्यक्ष जाङबु शेर्पाले एभरेष्टटाइम्सलाई जानकारी दिएको छ । उनका अनुसार उनीहरु चुचुरोमा बिहान १०:३० बजे पुगेर नर्थवेस्ट शेर्पा एसोसिएसनको ब्यानर फहराएकी थिए ।

उक्त टोलिको नेतृत्व १७ औ पटक सर्वोच्च शिखर सगरमाथा र पहिलो नेपाली सेभेन समिट आरोहण गर्ने आरोही ल्हाक्पा रिता शेर्पाले गरेका थिए । त्यस्तै सहनेतृत्व ५ पटक सफल सगरमाथा आरोहण गर्न फुर्बा ग्याल्जेन शेर्पा र निमा नुरु शेर्पाले गरेका थिए । माउन्ट बेकर आरोहणमा संलग्न आरोहण दलका सदस्यहरुमा फुरदिकी शेर्पा, पेमा शेर्पा, आङ टाशी शेर्पा, मिङमा शेर्पा, सानी शेर्पा, फुर्वा शेर्पा, ल्हाक्पा शेर्पा (वासिङटन), दाली शेर्पा, क्रिस्टल शेर्पा -कालिफोर्निया), सोनी शेर्पा, छिरिङ डिडेन शेर्पा (न्युयोर्क) र निमा याङजी शेर्पा -पोर्टल्याण्ड) थिए । पहिलो शेर्पा महिला आरोहण अभियानको आयोजना नर्थर्वेस्ट शेर्पा एसोसिएसनले गरेको हो । गत वर्ष प्रथम नेपाली टोलिको सफल आरोहणपछि दोश्रो पटक पहिलो शेर्पा महिलाको यो अभियान राखेको एसोसियसनका अध्यक्ष जाङबु शेर्पाले बताए । उनका अनुसार एसोसिएसनको आयोजनामा नै अन्य दुई टोलीले यहि जुलाई १४ देखि १६ र जुलाई २१ देखि २३ तारिखसम्म आरोहण गर्ने भएको छ । यसका साथै अगस्ट २ देखि ४ तारिखसम्म माउन्ट रेनियर -१४,४११ फिट) आरोहण गर्ने भएको छ ।

यस पटक ४ टोलीको आयोजना गरेवापत एसोसिएसनले करिब ५० हजार डलर भन्दा माथि रकम संकलन गर्न सफल भएको अध्यक्ष शेर्पाले बताए । पर्बतारोहणको ब्यबस्थापनबाट जम्मा हुन आएको सम्पूर्ण रकम एसोसिएसनले निर्माण गर्न लागेको नर्थवेष्टमा शेर्पा सामुदायिक केन्द्रमा खर्च गरिने भएको छ । नर्थवेस्ट शेर्पा एसोसिएसन अमेरिकाको उत्तरपश्चिम क्षेत्रको प्रदेशहरु वासिङटन, पोर्टल्याण्ड, आईडाहो, मोन्टाना, अलास्का र क्यानाडाको बि्रटिश कोलोम्बिया प्रदेशहरुमा बसोबास गर्ने शेर्पाहरुको एकमात्र प्रतिनिधिमुलक संस्था हो । यो अमेरिकाको उत्तरपश्चिम क्षेत्रमा अहिले करिब २ सय ५० शेर्पा घर परिवारको ४सय ५० देखि ५सय जना जति शेर्पाहरुले बसोबास गदै आएको छ ।

यो सस्थाको कार्यालय वासिंगटन प्रदेशको सियाटलमा रहेको छ । यो संस्थाको मुख्य उदेस्यहरुमा आफनो जन्म भुमि छाडेर अमेरिकाको विभिन्न क्षेत्रहरुमा बसाई सरेपछि आफनो मातृ भाषा, धर्म, संस्कृति र परम्पराको रक्षा गर्ने रहेको छ । यहि उदेस्यहरु प्राप्त गर्नको लागि यो एसोसिएसनले अमेरिकाको सियाटलमा एउटा शेर्पा सामुदायिक केन्द्र निर्माण गर्ने महान उदेस्य लिएको छ । ‘ हाम्रा पुर्खाले बनाएका हाम्रा गाउ घरहरु हामीले छाडेर आयौ र अब यो नया ठाउमा हामीहरु एक भएर पुन नमुना कार्यको थलानी गर्न लागेका छौ ‘ एसोसियसनका अध्यक्ष जाङबु शेर्पाले भने’ यो पवित्र अभियानमा हामीहरुले तपाईहरु सबैको महत्वपुर्ण सहयोगको अपेक्ष्ाा समेत गरेका छौ’ ।

‘ समुदायको लक्ष्य प्राप्तिको लागी हाम्रै शेर्पा महिलाहरुलाई पहिलो पटक बेकार हिमालको चुचुरोमा पुर्‍याउन पाउदा ज्यादै खुसी लागेको छ ‘ वेकर आरोहण टोलीका नेता तथा शेर्पा सामुदायिक केन्द्र निर्माण समितिका संयोजक लाक्पारिताले भने-‘ प्रवासमा भावी पुस्ताको लागी आफनै शेर्पा समुदायको सामुदायिक केन्द्र निर्माणमा सहयोग गर्न पाउदा गर्व लागेको छ’ । आरोहण अभियानमा कसैलाई रुचि भएमा एसोसियसनका आधिकारिक वेभसाइड www.northwestsherpa.org मार्फत जानकारी लिन सकिने उनले बताए ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ६ : ४८ बजे